वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गते
तरूण दल रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम गौरमा नेपाली कांग्रेस तरुण विभाग जिल्ला कार्यालय को प्रथम विस्तारित वैठक बसेको थियो । बैठक बाट २९ सदसिय जिल्ला कार्य समिति बिस्तार गरिएको बताएको छ । सो विस्तारित वैठक मा प्रदेश नम्बर २ को संयोजक रामपलटन साह , विभाग केन्द्रीय सदस्य सपुत बहादुरी कार्की , नेपाली कांग्रेस जिला उपसभापति सुनिल कुमार यादव , लगायत पार्टी को बिभिन नेता कार्यकर्ताहरुको उपस्थितिमा बैठक सफलता पूर्वक सम्पन्न भएको छ ।
नेपाली काँग्रेस तरुण विभाग रौतहटको प्रथम विस्तारित बैठकमा सहभागी नेपाली कांग्रेस तरुण विभाग जिल्ला कार्यालय रौतहटको संयोजक गृषनन्दन कुमार सिंहले जानकारी गराउनु भएको हो ।