वर्तमानकाल समाचारदाता । सर्लाही । फाल्गुन १६ गते
सर्लाही जिल्लाको धन्कौल गाँऊपािलका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्ण कार्यमा कमसल सामग्री प्रयोग हुँदा स्थानीयले बिरोध गरेका छन् ।
गाँऊपालिका अध्यक्षको कोषबाट करिब ९ लाखको लागतमा बन्दै गरेको ९०÷९५ मिटर लामो , १२ फिट चौडाई र ८ ईन्च उचाई भएको बाटोमा १ नम्बर ईट्टा लगाउनु पर्नेमा ३ नम्बर ईट्टा लगाईएको हुनाले स्थानीयले सोको बिरोध गरेकाले कार्य ठप्प भएको हो ।
ईन्जिनियर नितेश साहले समेत १ नम्बर ईट्टा दिनु पर्ने ठाँऊमा ३ नम्बर ईट्टा प्रयोग गरेका कारणले सोको मूल्यांकन नगर्ने चेतावनी पनि दिएको स्थानीयले बताएका छन् । ईन्जिनियरले बनाएको ईस्टिमेट अनुसार कार्य नभएको र ईन्टिमेट अनुसार कार्य गर्न नचाहेको हुँदा आफूहरुले बिरोध गरेको स्थानीय फेकु रायले बताएका छन् ।
उपभोक्ता समितिका सदस्य प्रेम यादवले निमार्ण कार्य सुरु गर्दा १ नम्बर ईट्टा पाउन कठिन भएकाले ३ नम्बर ईट्टा प्रयोग गरेको तर अहिले १ नम्बर ईट्टा पाउन थालिएकाले अब १ नम्बर ईट्टा नै प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
धन्कौल गाँऊपालिका वडा नम्बर १ का राम परिक्षण महत्तोले ईस्टीमेट अनुसार काम नभए काम गर्न नदिने बताउनु भएको छ । कमसल सामग्रीको प्रयोग गरी निमार्णकार्य गर्न कुनैपनि हालतमा नदिने उहाँले बताउनु भयो ।