वर्तमानकाल समाचारदाता । बारा । फाल्गुन १६ गते
बाराको प्रसौनी गाउँपालिकामा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ३ नौतनको आयोजनामा जीवन रक्षा अभियान अन्तर्गत बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम मा ८ महिला र १०४ पुरुष सहित ११२ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएका छन ।
प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि बारा क्षेत्र नम्बर ४ का सांसद एकबाल मिया रहेको थियोे ।
सो रक्तदान कार्यक्रम मा प्रसौनी गाँउपालिकाका अध्यक्ष भोला गुप्ता , उपाध्यक्ष गीता देवी , वडा अध्यक्ष बैजनाथ गुप्ता , रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे सहित सञ्चार केन्द्रका कर्मचारीहरुको उपस्थिति रहेकोे थियो ।