वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गते
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा भन्सार छलीका विभिन्न सर–सामानहरु भन्सार कार्यालय बुझाईएको छ ।
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत उक्त सामग्रिहरु पक्राउ गरि भन्सार कार्यालय बुझाइएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अबैध सामग्रिहरु बरामद गरिएको थियो । पक्राउ परेका सामगग्रीहरु अन्दाजी मुल्य २ लाख ५१ हजार ८ सय २५ बराबरको रहेको छ । पक्राउ परेका सामग्रीहरुमा चिनी, जिन्स पैन्ट, ग्यास चुलो, ग्यास होल्डर, सर्ट, पेन, कापी, तन्ना ब्लाउजको कपडा, गम्छा, खैनी, अन्डर वेयर, सुती साडी, कस्मेटिक लगायतका सर–समानहरु रहेका थिए ।
फाल्गुन १६ गते आइतबारका दिन ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको कटहरिया नपा वडा नं. ३ बस्ने २३ वर्षीय जटा शंकर साह, बाराको पचरौता नगरपालिका वडा नं. ४ बस्ने २२ वर्षीय दिपक साह समेतले २ वटा मोटरसाईकलमा चिनी, सर्फ,खाने तेल भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको करिब ६२ हजार ५ सय समेत गरी जम्मा करिब ३ लाख १४ हजार ३ सय २५ बराबरको विभिन्न सामग्री, २ वटा मोटरसाईकल र २ जना मानिस समेत नियन्त्रणमा लिई रित पूर्वक बरामद गरिएको हो । पक्राउ परेका मानिस सहित सामगग्रीहरु आवश्यक कार्यवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।