स्मिथ रजक । गौर । फाल्गुन १७ गते
रौतहटको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले समाजिक संजालको दुरुपयोग गर्ने जो – कोही माथि कारवाही गर्ने बताएका छन ।
आईतबार संचारकर्मी संग कुराकानी गदैँ यादवले रौतहटमा समाजिक संजालमा मनोमानी ढंगले लेख्ने, भ्रामक कुराको प्रचार गर्ने विकृती विसंगती बढेको प्रति आफनो गम्भिर ध्यानकर्षण भएको बताए ।
विभिन्न ब्यक्ति विशेषले समाजिक संजालमा विभिन्न सँघ–संस्थाको बारेमा भएभरको झुठा लेख्दै चरित्र हत्या गरि मानसिक तनाव दिने क्रियाकलाप र गुणासो बढेपछि यस विषय प्रति कडा कदम चाली दोषिलाई कानुनि दायरामा ल्याउने यादवले बताएका हुन । समबन्धित निकायमा दर्ता नै नगराई विभिन्न आईडी बनाई आफुले पत्रकार भन्ने गिरोहले पत्रकार र पत्रकारीताको गरीमामा आँच पुर्याएको भन्दै यादवले दुःख ब्यक्त गरे ।
अचार संहिताको धज्जि उडाएर केह ब्यक्ति बिशेषले समाजिक संजालको माध्यमबाट फैलाई रहेको प्रदुषण रोक्न अघि बढेपछि प्रजिअ यादवको चौतर्फि प्रशंसा भईरहेको छ ।
निकै कम समयमा जिल्लामा लोकप्रिय बन्न सफल यादवले चालेको कदमले समाजिक संजालको दुरुपयोग गर्नेहरुमा हडकम्प मचेको देखिन्छ ।