गरुडा प्रहरीले गर्यो अबैध घरेलु मदिरा नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
गरुडा प्रहरीले गर्यो अबैध घरेलु मदिरा नष्ट


वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गते
गरुडा प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । इप्रका गरुडा तथा मातहत समेतबाट बिभिन्न मितिमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँचको क्रममा अवैध घरेलु तयारी मदिरा २० वटा ग्यालेनमा अन्दाजी ३०० लिटर फेला पारेको थियो । इप्रका दाखिला गरेकोमा उक्त मदिरा आज दिउँसोको समयमा कार्यालयको मुल ढोका देखी ५० मिटर उत्तर गौर च–पुर सडक खण्ड स्थित पक्की सडकको पश्चिम किनारमा ईलाका प्रशासन कार्यालय गरुडा,गरुडा नगरपालिका, कर सेवा कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रतिनिधी, स्थानिय भद्रभलादमी र संचारकर्मीहरुको रोहवरमा बरामद मदिरा नष्ट गरिएको इप्रका गरुडाले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस