वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गते
रौतहटमा भएको १८ स्थानीय तह मध्ये कर्मचारीलाई आर्थिक मसान्तसम्मको तलव भुक्तानी दिने पहिलो नगरपालिकाको रुपमा गढीमाई नगरपालिका भएको छ । नगरपालिका तर्फबाट कार्यरत स्वास्थ्य सेवा, पशु सेवा र आयुर्वेद सेवाका स्थायी कर्मचारीलाइ फाल्गुन मसान्तसम्मको र शिक्षकहरुलाई २०७८ अषाढ महिना सम्मको एक मुष्ठ तलव वैकको माध्यमबाट खाता मै भुक्तानी गरिएको नगरपालिकाका लेखापाल कामेश्वर सहनीले जानकारी दिनुभयो छ । ४ महिनाको अग्रिम तलव भुक्तानी गरिएको उनले बताए । प्रत्येक महिना तलव दिनु पर्ने भएपनि नगरपालिकाले आफ्नो कर्मचारीलाई अषाढ महिनाको रकम अहिले नै पठाई दिएको लेखापाल सहनीले जनाए । स्थानीय सरकारको अभ्यास प्रारम्भ रहेको वेला कर्मचारी र स्थानीय बासिन्दाहरुलाई सरकारको अनुभूति गराउन यस्तो कार्य गरेको उहाको भनाई रहेको छ। रौतहटमा निर्वाचित जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण अधिकांश स्थानीय तहको कर्मचारी तलव भत्ता नपाउने गरेको यथार्थ रहेको छु । गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, राजदेवी नगरपालिकामा तलव लिन कर्मचारीलाई आन्दोलन गर्नु परेको अवस्था सिर्जना भएको थियो । काम गर्ने र तवल समयमा नपाउने अवस्था आउदा कर्मचारीको मनोवल खस्किने हुदा तलव सुविधाको विषयमा चिन्ता लिनुपर्ने झन्झटवाट राहत पाउनको लागि अघिल्लो ४ महिनाको तलव अहिले नै खातामा पठाइएको लेखापाल सहनीको कथन रहेको छ ।