संजय सुदामा । सर्लाही । फाल्गुन २० गते
सर्लाही जिल्लाको बलरा नगरपालिकाको वडा नम्बर १० सुदामामा मूल सडकदेखि दयाराम सिंहको घरसम्म सय मिटर लामो तथा चार मिटर चौडाइ भएको सडक ढलान कार्य सम्पन्न भएको छ । दश लाख रुपैयाँको योजना रहेको उक्त सडक ढलान कार्य उपभोक्ता समिति अध्यक्ष फुल बाबु सिंहको अध्यक्षता तथा बाल किशोर सिंहको नेतृत्वमा सम्पन्न भएको छ । हरेक वर्षायाममा हिलो भई हिँडडुल गर्न अप्ठेरो हुने अवस्था थियो । यस सडक ढलान कार्यले सम्पूर्ण गाउँलेलाई नै लाभ हुने कुरा स्थानिय नेता बाल किशोर सिंहले बताएका छन् । साथै उनले यो सडक साविक सुदामा वडा नं ८ र वडा नं ३ जोड्ने कडीको रुपमा यो बाटोले काम गर्ने बताएका छन् । उनी कुनै राजनीतिक पदमा नरही गाउँमा ठुलाठुला नया सडक आफ्नो नेतृत्वमा बनाएका छन् भने अतिक्रमित भई हराएका सडकहरु पनि जिवित तुल्याउन नेतृत्व गरेका छन् ।