वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुण २० गते
सिसीटिभि क्यामराका कारण रौतहटको एक विद्यालयमा विद्यार्थीहरुको पढाईमा उल्लेखनिय सुधार आएको छ ।
सिसीटिभिका कारणले जिल्लाको अन्य विद्यालयभन्दा देवाही गोनाही नगरपालिका ७ आधारभुत विद्यालय उचिडिहमा राम्रो पढाई हुने गरेको छ ।
विद्यालयले सिसीटिभिको माध्यमले विद्यार्थी र शिक्षकहरुलाई निगरानी गर्न थालेपछि विद्यार्थीहरुले शान्त एवं सभ्य भएर पढन थालेकोले सिसीटिभिका कारण आधारभुत विद्यालय उचिडिहको विद्यार्थीहरुको पढाईमा आमुल परिवर्तन आएको देखिएको छ ।
पहिला पहिला सिसीटिभि नहुँदा विद्यार्थीहरुले पढाईभन्दा एक आपसमा गफ गर्ने, झै झगडा गर्ने जस्ता बदमासी र लापरवाही गर्ने गर्दथ्यो तर सिसीटिभि जडान भएपछि कुटाई खाने डरले विद्यार्थीहरुले सभ्य एवं शान्त भएर पढने गरेको विद्यालयका प्रधानाध्यापक मुक्ति प्रसाद कुश्वाहाले बताएका छन ।
सिसि क्यामराको निगरानीको डरले विधार्थीहरुले सभ्य भएर पढन थालेका छन भने शिक्षकले पनि पहिलाको तुल्नामा अहिले विद्यार्थीहरुलाई पढाउनप्रति गम्भिर भएको प्रधानाध्यापक कुश्वाहाले बताए ।
सिसीटिभि क्यामरा जडान भएपछि शिक्षकले पनि हो हल्ला लापरबाही छोडेको छ भने शिक्षकहरु मोबाइल खेलाएर बस्न छोडेके प्रधानाध्यापक कुश्वाहाले बताए ।
उनले भने मेरो नजर यो सिसि क्यामराको माध्यमले सिधा हरेक कलास तर्फ रहने गर्दछ । यदी शिक्षक र विधार्थी मध्ये कसैले पनि लापरबाही गरे भने छिटै अफिसमा बोलाएर स्पष्टीकरण लिने गर्दछु जसका कारण यहाँ अन्य विद्यालयभन्दा पढाईमा विद्यार्थीले निकै प्रगति गरेका छन ।
जिल्लाका अधिकांश विद्यालयमा राम्रो पढाई नहुने गरेको गुनासो बढिरहेका बेला यो विद्यालय त्यस्ता विद्यालयलाई चुनौति दिएको छ ।
त्यस्ता अन्य विद्यालयहरुमा भएको शौचालयहरु फोहोरका कारण दुर्गन्धित भएको समाचार आइरहेका बेला यस आधारभुत विद्यालयमा शौचालयको पनि कुनै समस्या छैन । यहाँ भएका शौचालयहरु पुर्णरुपमा साफ छन जस्का कारण विद्यार्थीहरुलाई शौच गर्न कुनै समस्या हुँदैन जबकी जिल्लाको अधिकांश विद्यालयका विद्यार्थीहरु सरसफाइको अभावमा शौचालय प्रयोग विहिन हुँदा खुल्ला आकासमा शौच गर्न बाध्य रहेका छन ।
यता सिसीटिभिका कारण आधारभुत विद्यालय उचिडिहका विद्यार्थीमा परिवर्तन ल्याएको बारे चारैतिर प्रशंसा भइरहेको छ ।