रौतहट । फाल्गुन २४ गते
रौतहट प्रहरीले भन्सार छलीका सर–सामानहरु भन्सार कार्यालय गौरमा बुझाएको छ । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत सो सामानहरु पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुहरुमा खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य बाह्र लाख छ्यानब्बे हजार तीन सय असी बराबरको खंसी ४ वटा, ट्रयाक्टरको ट्रलीमा लोड गरी ल्याएको अल्मुनियमको ढोका ८ वटा, झ्याल–१९ वटा र त्यसमा लाग्ने विड सहित १ वटा ट्रयाक्टर, २ वटा बलोरो, १ वटा मारुती कार, २ वटा मोटरसाईकल समेत गरी गम्छा, खैनी, अन्डर वेयर, सुती साडी, पेन्ट, कस्मेटिक लगायतका सर–सामानहरु र २ जना मानिस आवश्यक कारवाहीको लागि आइतबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।