वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन २५ गते
रौतहटको १८ वटै पालिकामा विभिन्न कार्यक्रम गरि मनाइयो १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । रौतहटलगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको हो । जिल्लाको गौर ,गरुडा ,गुजरा,बौधीमाइ ,फतुवा विजयपुर नगरपालिका सहितका स्थानिय तहहरुमा नारी दिवस मनाइएको हो ।
सोमबार मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय महिला दिवस रौतहट लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ रौतहटमा पनि महिला दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
गरुडा नगरपालिकामा पनि उपमेयर रंगिला देवी जयसवालको अगुवाईमा गरुडा बजार भरी परिक्रमा गरि, मेथुर चौधरी सार्वजनिक धर्मशालामा विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा गरुडा नगरपालिका भित्र रहेका एकल महिललाई महिला दिवसको अवसरमा दोस्लला ओढाएर सम्मान गरेका छन् । त्यस्तै गढीमाई नगरपालिकाको मेयर श्याम प्रसाद यादव को प्रमुख आतिथ्यमा उपमेयर शुभद्रा गुप्ताको अगुवाईमा महिला दिवस मनाइएको छ भने माधवनारायण नगरपालिकाले नगर प्रमुख विरेन्द्र यादवको प्रमुख आतिथ्य तथा उपनगरप्रमुख सिमल कुमारी साहको अध्यक्षतामा महिला दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
उता राजपुर नगरपालिकामा पनि नारी दिवस भव्यताका साथ सम्पन्न भएको निमित प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भएको हो ।