वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन २५ गते
रौतहटको दोस्रो चिनिमिल बाबा बैजुनाथ सुगर एंड केमिकल इन्डस्ट्रि ज सोमबार देखि बन्द भएको छ ।
रौतहटको कटहरीया नगरपालिका ९ डुमरियामा संचालित बाबा बैजुनाथ सुगर एंड केमिकल इन्डस्ट्रिज प्रालिले यस सिजनको लागि सोमबार देखि बन्द भएको छ ।
दुई चोटी सुचना जारी गरेपछि उखु क्रसिङ सकेपछि मिल बन्द भएको मिल प्रशासनले जनाएको छ ।
मिलमा उखु सकेपछि मिल बन्द भएको हो ।
यश वर्ष ५ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेर मिल बन्द गरिएको उद्योगी बैजु बाबराले बताएका छन् ।
सोमबार देखि बन्द भएको मिल फेरि आगामी वर्षको उखु क्रसिङ गर्ने सिजनमा सञ्चालन हुने उद्योगी बाब्राले बताए ।
यश वर्ष मिलले १० लाख कविन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएकोमा ५ लाख ५० हजार कविन्टल मात्र भएको उनले बताए ।
यस वर्ष मिलले करोडौं घाटा बेहोरेको समेत उनले बताए ।