वर्तमानकाल समाचारदाता । गुजरा । फाल्गुण २५ गते
रौतहटको गुजरामा पनि भव्याताका अन्तर्राष्ट्रिय नारी दिवस साथ मनाइएको छ ।
जिल्लाको विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको छ ।
यस वर्षको महिला श्रमिक दिवस ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित मनाइएको छ ।
सरोकारवाला निकायका साथै महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ संगठनहरुले अलग अलग कार्यक्रम गरी दिवस मनाएका छन ।
गुजरा नगरपालिकाको सिमरा भवानीपुरमा विशेष कार्यक्रमको आयोजना गरी महिला दिवस मनाएको हो ।
गुजरा नगर उपप्रमुख शेष रौशन खातुनको अध्यक्षतामा उक्त महिला दिवस कार्यक्रम सम्पन्न भएको छ ।
गुजरा नगरपालिकाको कार्यालय सिमरा भवानीपुरको प्रांगनमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोध गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवालले समाजमा रहेको केहि अपराधिक तत्वका व्यक्तिहरुका कारण महिलाहरु असुरक्षित भएको बताउनुभएको छ ।
पछिलो समय महिलामाथी खुल्याम घरेलु हिंसा, बलात्कार, हत्या जस्ता घटना बढेकोले महिलाहरु आफुलाई असुरक्षित महसुस गरिरहेको वहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रमा बोल्दै उपमेयर खातुन ले महिला हिंसाका घटनालाई न्युनिकरण गर्न तथा महिलामाथी भइरहेको हिंसा र विभेदलाई सबैले मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन । सो अवसरमा विधार्थीहरू लाई सम्मान पनि गरिएको थियो ।
त्यस्तै नगर कार्यपालिकाका सदस्य एवम् दलित अगुवा पुनित रामले महिलाहरू लाइ हरेक क्षेत्रमा सहभागीता बढाउनु पर्नेमा जोड दिएका थिए ।