ओम प्रकाश यादव । रौतहट । फाल्गुण २५ गते
आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस देश सहित रौतहटमा पनि सोमवार भव्याताका साथ मनाइएको छ ।
जिल्लाको विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको छ ।
यस वर्षको महिला श्रमिक दिवस ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित मनाइएको छ ।
त्यस्तै माधवनारायण नगरपालिकाले पनि एक कार्यक्रमको आयोजन गरी नारी दिवस मनाएको छ ।
माधवनारायण नगर प्रमुख विरेन्द्र यादवको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख सिमल कुमारी साहको अध्यक्षतामा उक्त महिला दिवस कार्यक्रम सम्पन्न भएको छ ।
माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरको प्रांगनमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोध गर्नुहुँदै नगर प्रमुख यादवले समाजमा रहेको केहि अपराधिक तत्वका व्यक्तिहरुका कारण महिलाहरु असुरक्षित भएको बताउनुभएको छ ।
पछिलो समय महिलामाथी खुल्याम घरेलु हिंसा, बलात्कार, हत्या जस्ता घटना बढेकोले महिलाहरु आफुलाई असुरक्षित महसुस गरिरहेको नगर प्रमुख यादवले बताउनुभयो ।
मेयर यषदवले महिला हिंसाका घटनालाई न्युनिकरण गर्न तथा महिलामाथी भइरहेको हिंसा र विभेदलाई सबैले मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन ।
सोही कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख सिमल कुमारी साहले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्ति गर्नुपर्ने बताएकी छन ।
संविधानतः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।
संविधानले महिलाहरुलाई अधिकार सम्पन्न बनाएपनि व्यवहारमा लागु नहुनु दुखद भएको उनले बताईन ।
संविधानले महिलाको अक अधिकारका लागि गरेको व्यवस्थालाई कार्यान्वयन नगरेसम्म महिलाहरुले विभिन्न किसिमका हिंसा र विभेदबाट मुक्ति पाउन नसक्ने उपमेयर साहले बताएकी छन ।
राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।
सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर ति कानुनहरु कार्यान्वयन नहुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको उनले बताईन ।
कार्यक्रममा माधवनारायण नगरपालिका ६ का वडा अध्यक्ष राजीव कुमार यादव, नगर प्रवक्ता दिपेन्द्र भगत, जसपा नेता चन्देश्वर साह लगाएतका आफना मन्तव्य राखेका थिए भने कार्यक्रममा विभिन्न महिला, बालबालिका, कर्मचारी, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।