राजेश पासवान । फाल्गुन २५ गते
वर्तमानकाल दैनिकको विशेष संवादमा तपाईलाई स्वागत छ।
(धन्यवाद तपाईं अनि तपाईंको होल टिमलाई,खुसी लाग्यो आज मैलेपनि तपाईंको यो वर्तमानकाल दैनिकको विशेष संवादमा अन्तर्वाता दिने अवसर पाए।
प्रश्न नं।१।तपाई आफ्नो परिचय दिनुहोस रु
( नमस्कार मेरो नाम भुषण ठाकुर हो।मेरो घर रौतहट जिल्लाको माधवनरायण नगरपालिकाको वडा नम्बर ६ मा पर्दछ।र म हाल नेकपाको ओली समुहको तर्फबाट नेतृत्व गर्दै आईरहेको छु।साथै म नेपाल नाइ ट्रेड युनियनको जिल्ला अध्यक्ष पनि छु।
प्रश्नं।२।तपाईं कहिले देखि आफ्नो राजनितीक यात्रा सुरु गर्नु भयो रु
म २०५१(५२ साल देखिनै राजनीति गर्दै आइरहेको व्यक्ति हुँ।त्यो बेला देखि अहिले सम्म नेकपा पार्टीलाई नै सहयोग थर्दै आइरहेको व्यक्ति हुँ।र धेरै वर्ष देखी म आफ्नो समाज निरन्तर रुपले कुनै न कुनै बहानामा सेवा थर्दै आइरहेकोछु।
प्रश्न नं।३।तपाईं के सोंच लिएर राजनितीक यात्रा सुरु गर्नु भयो रु
(अब यसको बारेमा भन्दाखेरी म यो देश र आफ्नो समाजको परिवेश हेरे,हाम्रो समाजमा रहेका जतिपनि सोझा,निमुखा,गरिब,दलित, पिछडिएका वर्ग,किसान र महिलाहरु छन।यिनिहरुले जति पाउनु पर्ने अधिकार छ त्यति पाउन सकेको छैन।यि सबै गतिविधि हेरेर आफ्नो समाजलाई यो सब समस्या ले छुटकारा दिलाउने सोंच लिएर म राजनीति यात्रा सुरु गरे।
र म आफ्नो राजनीतिक यात्रा स्कुल लेभल देखिनै सुरु गरेकोछु।त्यसपछि म क्याम्पस लेभल को पढाइ गर्न बिरगंजको ठाकुर राम बहुमुखी क्याम्पस मा नाम एडमिसन गराए।त्यसिछि म अनेरास्ववियु को सदस्यता पनि पाए र त्यो बेला देखि म अझ जोरसोर ले राजनीति गर्न थाले र अहिलेपनि निरन्तरता दि रहेकैछु।
प्रश्न नं।४।हिजो नारी दिवस को अवसरमा,देशभर लगायत रौतहटमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो तर देशमा त अहिलेसम्म पनि नारी असुरक्षित नै महसुस गर्ने गरेको छ,यसमा तपाईं को बिचार के छ रु
(हो सर अहिले २१ सतावदीमा पनि देशमा नारी माथि भईरहेको अन्याय,अच्याचार ,बलात्कार,दाइजो को कारण जलाएर मार्ने र बालविवाह जस्ता अपराधिक गतिविधि पनि बढदै गइरहेकोछ।
र मेरो व्यक्तिगत बिचारमा ले पनि हाम्रो देशमा नारी अझै पनि सुरक्षित छैन।किन भने अहिलेपनि चारै तिर अन्याय,अत्याचार र बलात्कार जस्ता अपराधिक गतिबिधि बढिरहेकैछ। र यो सब गतिविधि बढनुको मुख्य कारण, देशमा अपराधीहरुलाइ कडा कार्यवाही गर्नुको सट्टा दोषीलाई पैसाको चलखेलमा जोगाउनु र अशिक्षित समाज हुनु नै हो ।
प्रश्न।५।तपाईं बसोवास गरिरहेको ठाउँको निर्वाचित जनप्रतिनिधि को कार्य ले तपाईं कतिको सन्तुष्ट हुनुहुन्छ रु
(मैले बसोबास गर्दै आईरहेको ठाउँको जनप्रतिनिधिको कार्यको बारेमा भन्दा खेरी वहाँ गरेको जति पनि कार्य छ त्यो कामहरुलाई खराब भन्न त मिल्दैन तर खासै राम्रो पनि गर्नुभएको छैन।किन भने समाज परिवर्तन का लागी सडक ढलान,ग्रिभेल, र नाला लगायत शिक्षा पनि आवश्यक छ तर वहाँ शिक्षा प्रति नै बढी ध्यान न दिकन यो समाजलाई निरास पारेको छ । वहाँका शिक्षा,स्वास्थ्य,सडक र नाला निर्माण जस्ता कार्यमा काम चलाउ बजेट पचाउ कार्य भईरहेकोछ। त्यसैले म यहाँका जनप्रतिनिधिले गरेको कार्यले खासै असन्तुष्ट छु।
प्रश्न नं।६। तपाईं नेपाल नाइ ट्रेड युनियनको जिल्ला अध्यक्ष भएकोनाताले,यहाँका नाइहरुको लागि के के गर्नु भएकोछ रु र अझ के के गर्ने योजना छ रु
( सर म नेपाल नाइ ट्रेड युनियनको जिल्ला अध्यक्ष भएकोनाताले,यहाँका नाइहरुको लागि विभिन्न प्रकारको कार्यहरु गर्दै आइरहेको छु र थप अझै केही नयाँ गर्ने बिचार पनि छ।तर नेपाल सरकारको तर्फबाट यो संघकोलाई कुनै प्रकारको आरक्षण र कोटा न भएको कारणले हामि अतन्तै दुखी भएका छौं।तसर्थ म सरकार संग के आग्रह गर्न चाहन्छु भने।अब नाई हरुको लागी पनि केही आरन्क्षण दिनुस र हामीलाई पनि सहयोग गर्नुस।
प्रश्न नं।७।अन्त्यमा हाम्रा पाठकहरुको माझमा,तपाईं के संदेश छोडन चाहनुहुन्छ रु
(अन्त्यमा म सबैमा केही अनुरोध गर्न चाहन्छु अनुरोध के छ भने।
पिछडिएका वर्गहरुमध्य हामी पनि पर्छौं त्यसैले हामीलाई पाि सहयोग गर्नुस र नाइ समाजलाई अगाडि बढाउनुस। र हाम्रा समाजको व्यक्ति हरुलाइ पनि बिशेष अनुरोध गर्दै के भन्न चाहन्छु भने अब हामी पनि जागौं अब हामी जाग्ने बेला भईसकेकोछ।अब हामी सबै मिलेर देशलाई समृद्ध बनाउन शिक्षामा बिशेष जोड दिनु पर्छ।र हामी जहाँ रहेपनस जुन ठाउँमा रहेपनि जुन काम गरेपनि देशको लागी सोंचने।बेला आइसकेको छ। साथै म सम्पुर्णमा के आग्रह गर्न चाहन्छु भने सबै जना अब आफ्ना बालबालिकाहरुलाई पढाउनुस लेखमउनुस किनभने यो देशलाइ अब समृद्धि को तर्फ शिक्षालेनै लैजान सक्छ।
हवस्त तपाईले आफ्नो बहुमुल्य समय दिनुभएकोमा धन्यवाद छ तपाईं लाई ।धन्यवाद ।