संजय सुदामा । सर्लाही । फाल्गुन २५ गते
सर्लाहीको बलरा नगरपालिका स्थित श्री रामसखी मोहित सिंह जनता मावि बलराको सभा हलमा काका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा यूनेस्को र काठमाडौं आफिसको सहयोगमा एक सय एघारौँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ। काका सामुदायिक सिकाइ केन्द्रकोको अध्यक्ष डा।कमलेश्वर सिन्हाको अध्यक्षता तथा बलरा नगरपालिकाकी उपमेयर रामसखी देवी कुश्वाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाका पाँचै मा।वि।का छात्रहरू आफ्ना वक्त्रिता प्रस्तुत गरेका थिए। कार्यक्रममा डा।कमलेश्वर कुमार सिन्हाले महिला सशक्तिकरण विषयमा प्रस्तुति दिएका छन्। कार्यक्रम शुरू हुनुभन्दा पहिला विहान बलरा वडा नम्बर ४ र वडा नम्बर ५मा विद्यालयका छात्राहरुले महिला हीतका नाराहरू लगाउदै परिक्रमा गरी प्रभात फेरी कार्यक्रम गरेका थिए। लगभग सत्तरी जना महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रम रोचर र उपलब्धीपूर्ण रहेको छ। कार्यक्रममा सीमा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक ले पनि बाल विवाह तथा महिला हिंसा विषयमा आफ्ना विचार प्रस्तुत गरेका छन्। चिया, खजा , खाना भत्ताको र भत्ताको समेत वयवस्था रहेको कार्यक्रममा वक्त्रितामा भाग लिएका सम्पूर्ण छात्राहरुले कोसेलीको रुपमा शैक्षिक सामग्रीहरू पाएका छन्।