राजेश पासवान । रौतहट । फाल्गुन २६ गते
रौतहटको वृन्दावनमा समृद्ध नेपाल र श्री राजदेवी युवा कल्वद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगिता २०७७ मा नमुना मावि बरगजवाले प्रथम स्थान हाँसिल गरेको छ ।
वृन्दावन नगरपालिकाको वडा नम्बर ८ मा रहेको नमुना मा.वि.बरगजवा को प्राङगणमा,समृद्ध नेपाल र श्री राजदेवी युवा कल्वले आयोजना गरेको सो प्रतियोगितामा श्री नमुना मा.वि. बरगजवाले प्रथम स्थान हाँसिल गरेको छ भने दोस्रोमा श्री मा.वि.रुपा नेपाली पाल धमौरा,तेस्रो मा नेपाल मा.वि.विश्रामपुर,चौथो श्री सरस्वती मा.वि.हर्दिया र पाँचौ मा श्री बतहु मा.वि.हर्षाहाले हासिल गरेकोछ।
नगर प्रमुख रामसनेही यादवको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगिताको क्रममा विजेता विद्यालयलाई पुरस्कार दिँदै शिक्षा क्षेत्रमा प्रगति भएको भन्दै बधाई समेत दिए । उनले नगर विकासको लागि सबभन्दा पहिले शिक्षा विकास अनिवार्य रहेको बताउँदै विद्यार्थीहरुले लक्ष्यप्रति अडिग रहन सिक्नुपर्ने बताए ।
विद्यालय विकासको लागि विभिन्न स्थानमा समुदायिक विद्यालयको स्थापना सहित सँस्थागत विद्यालयको शिक्षा स्थिति र गुणस्तरीयता बढदै गएकोप्रति मेयर यादवले कृतज्ञता व्यक्त गरे ।
प्रथम हुने विद्यालयलाई (सब भन्दा ठुलो ट्रफी तथा विद्यार्थीलाई प्रमाणपत्र) प्रदान गरिएको थियो । सो प्रतियोगितामा दोस्रो हुने विद्यालयलाई मेडियम ट्रफी र विद्यार्थीलाई प्रमाणपत्र, तृतिय स्थान हाँसिल गर्ने विधालयलाई सबभन्दा सानो ट्रफी तथा प्रमाणपत्र,चौथो र पाँचौ हुने बिधालयका बिधार्थीलाई सन्तावना पुरस्कार स्वरुप प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमको विशेष उपस्थिति जनाएकी नगरपालिकाकी शिक्षा संयोजक बिमला धर्ती मगरले नगरपालिकाबाट शिक्षा क्षेत्र विकासको लागि छुटयाइएको बजेटको सहि सदुपयोग हुने गरेको दाबी गरे । उनले प्रतियोगिताको माध्यमले विद्यार्थी, बालबालिकाहरुमा आफ्नो उदेश्य हाँसिलप्रतिको दृढता बढने विश्वास जनाए।कार्यक्रमको सँचालन शिक्षक संजय कुमार पटेलले गर्नुभएको थियो भने स्वागत मनतव्य प्राविधिक धार तर्फका प्र.शिक्षक नागेन्द्र प्रसाद यादवले गर्नु भएको थियो।
उक्त हाजिरी जवाफ प्रतियोगितामा नगरभरिका ५ ओटा विद्यालय सहभागी भएको सो नगरस्तरीय प्रतियोगितामा २ राउण्ड प्रश्न सोधिएको थियो । पहिलोमा ५० ओटा प्रश्न र दोस्रो राउण्डमा २५ ओटा प्रश्न गरि जम्मा ७५ वटा प्रश्नहरु सोधिएको थियो।साथै कार्यक्रमको बिच बिचमा मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो।
कार्यक्रमको प्रमुख अथितिमा नगर प्रमुख रामसनेही यादव रहेको थियो भने,विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव,नगरकी शिक्षा संयोजक बिमला धर्ती मगर,सह.शिक्षा संयोजक लक्षणदेव यादव,नगर प्रवक्ता गजेन्द्र पाल,अथितिमा सोही वडाका वडा अध्यक्ष दिनानाथ महतो,लक्षमी राउत,अशोक कुश्वाहा लगायत विधालय व्यवस्थापन समिति को अध्यक्ष सिकिन्द्र यादव, राजदेवी युवा कल्व का अध्यक्ष आशिष् राज पटेल ,प्रतियोगितामा आएका विभिन्न विद्यालयका विद्यार्थी लगायत स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।