आरके श्रीवास्तव । रौतहट । फाल्गुन २६ गते
रौतहट जिल्लाको मौलापुर नगरपालिका द्वारा आयोजना हुने महाशिवरात्री मेलाको अवलोकन गरिएको छ । रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी उपरीक्षक सिद्धि विक्रम साहले मंगलबार स्थलगत अनुगम गर्नु भएको हो ।
अनुगमको क्रममा सिडियो यादवले सुरक्षा सम्बन्धी तयारी बारे सोधपुछ गरेका थिए । सो अवसर मौलापुर नगरपालिकी मेयर रीना कुमारी साह, उपमेयर गौरी शंकर साह , निम्ति प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो । सुरक्षा अवस्था बारे वहाँले आयोजक समिति संग पनि छलफल गर्नु भएको थियो ।
साथै वहाँले मौलापुर नगरपालिका–५ स्थित रहेको पिकनिक पार्क लाइ पनि अलोकन गर्नु भएको थियो ।