अमरेश कुमार पाडे । बारा । फाल्गुन २६ गते
बाराको निजगढ ९ मा मंगलबार विहानीपख भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई सार्वजनिक गरेको छ ।
बाराको निजगढमा १८ वर्षीय रोहित शर्माको हत्याको आरोपमा प्रहरीले उनकै साथी रौतहटको चन्द्रनिगाहपुर ४ का मक्करे भन्ने ३० वर्षका अरुण कुमार साहलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय बाराले कलैयामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
अरूण इन्टरप्राइजेज बिस्कुट तथा चकलेट सपका सञ्चालक अरुणले रोहितलाई उनकै निजगढस्थित घरमा संगै बसेर हत्या गरि फरार भएका प्रहरीले जनाएको छ ।
व्यक्तिगत रिसइवि रहेका रहेको अरुण र रोहितको लागू औषध सेवन गर्ने विषयमा पटक –पटक विवाद हुने गरेको रहेछ प्रहरी नायव उपरीक्षक गौतम मिश्रले भने–रोहितले आफुलाई अपमानित गर्ने गरेको र पेस्तोलले हानी मारीदिन्छु भनेको कारणले हत्या गरेको बयान दिएका छन् ।
रोहितको हत्या गर्ने उद्देश्यले अरुण सोमबार राती ९ बजे निजगढ आएका थिए । अरुणसंगै बसेका उनले विहान ४ बजे चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अरुणमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्र सहितको टोलीले चपुरस्थित पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले ओतपोत भएको कपडा र मोटरसाइकलसहित साहलाई पक्राउ गरेको थियो । पसलबाटै पक्राउ परेका साहको हातमा चोट लागेको थियो । उनले हत्या आफैले गरेको स्वीकार गरेको थिए ।
शर्माको हत्या भएको खबर प्रहरीकहा मंगलबार बिहान साढे ४ बजे आयो । ईलाका प्रहरी कार्यालयको प्रहरी टोली तत्काल घटनास्थलमा पुग्यो । जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र नेतृत्वको अनुसन्धान टोली खटियो । प्रारम्भिक अनुसन्धानबाट प्रहरीले धारिलो हतियारको प्रयोगबाट हत्या भएको निश्कर्ष निकाल्यो ।
मृतक शर्मा हत्या गरेर उनको घरबाट साह मङ्गलबार बिहान साढे चार बजेको समयमा मोटरसाइकलमा निस्केको सीसीटिभी फुटेजमा देखिएपछि निजगढ प्रहरी बिहानै चन्द्रनिगाहपुर पुग्यो ।
घरबाट निस्केको व्यक्ति ना १३ प ७२१२ नम्बरको मोटरसाइकल चढेर भागेको थाहा पाएपछि प्रहरीले सवारी धनीको खोजी सुरु ग¥यो । ठाउँठाउँमा भएका सीसीटीभीका फुटेजहरुले मद्दत मिल्यो । घटना भएको ४ घण्टाभित्रै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गर्न सफल भयो ।
घटना भएको १२ घण्टा नवित्दै प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न सफल भएको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिपेन्द्र शाही, प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता गौतम मिश्र, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलिया लगायतको उपस्थिति रहेको थियो ।