सरिता श्रीवास्तव । रौतहट । फाल्गुन २६ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक वडामा बाल संरक्षण समितिको बैठक सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर ८ पिप्रा पोखरियामा वडा स्तरीय बाल संरक्षण समितिको मासिक बैठक कार्यक्रम राखिएको थियो । रौतहट जिल्लाको सिमान्तकृत समुदायहरुमा बाल संरक्षण र कल्याण सुनिश्चितता परियोजना अन्तर्गत सो समिति चलिरहेको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा सो परियोजना संचालनमा रहेको छ । सो अवसरमा वडाध्यक्ष नबद राय यादव , वडा सचिव जयराम साह , बिनोद यादव , अजय यादव , रामकिसुन यादव सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।