ओम प्रकाश यादव । रौतहट । फागुण २७ गते
जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले अन्य प्रदेश भन्दा प्रदेश २ विकासको सवालमा सबभन्दा अगाडि रहेको दावी गरेका छन ।
प्रदेश २ मा विकास निर्माणको कार्य तिव गतिमा अगाढि बढेको राज्य मन्त्री यादवले बताएका छन ।
गृह जिल्ला रौतहटको झाँझपुल गरुडामा आज रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरको उदघाटन गर्दै कृषि राज्य मन्त्री यादवले प्रदेश २ का आठवटै जिल्लामा विकास निर्माणको कार्य द्रुत गतिमा अगाडि बढेको बताएका छन ।
प्रदेश सरकारले आठवटै जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, सडक, मठ, मन्दिर, मस्जिद, भौतिक पुर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिएर काम अगाढि बढाएको बताउँदै राज्य मन्त्री यादवले अबको दुई वर्ष भित्रमा प्रदेशमा विकास निर्माणको कार्यले कायापल्ट हुने दावी गरेका हुन ।
प्रदेश सरकारले छोटो समयमै प्रदेशमा तिव्र गतिमा धेरै विकास गरेको र अबको दुई वर्ष भित्रमा प्रदेशलाई देशमै चिनाउने गरी विकास निर्माणको कार्य गर्न लागेको उनले बताए ।
यो सरकारको अवधिभरीमा प्रदेश सरकारलाई समृद्ध र विकसित बनाएरै छाडने उनले दावी गरे ।
मधेशवादी दलको नेतृत्वमा बनेको प्रदेश २ सरकारका कारण प्रदेश २ का जनता संघियाताको अनुभुति गर्न थालेको समेत उनले बताए ।
मुख्यमन्त्री लालबाबु राउतसँग कृषि राज्य मन्त्री यादवले संयुक्त रुपमै रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरको उदघाटन गरेका हुन ।