वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुण २७ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत धमाधम घरहरु बनिरहेका छन् । गुजरा नगरपालिका वडा नम्बर ८ जोगौलिया, दयालपुर, लक्ष्मीपुरमा मुसहरहरुको लागि पकी घर धमाधम बनिरहेको छ । प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पकी घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का आठौ जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर, र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो । जनता अवास कार्यक्रम अन्तर्गत गुजरा नगरपालिका वडा ८ जोगौलियामा मुसहरुको लागि पकी घर अब बन्न लागेको हो । यस अघि नै एक कार्यक्रमका बिच रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश २ सांसद एवम प्रचण्ड नेपाल समुहका नेकपा नेता नागेन्द्र राय यादवले शिलान्यास गर्नु भयो । सांसद यादवले मुसहर टोलमा जनता आवास योजना अन्र्तगत ७१ वटा घर बनाइने बताएका छन । विधायक यादवको निर्वाचन क्षेत्र अन्तरर्गत पर्ने गुजरा नगरपालिकाको वडा नम्बर ८ मा ७१ वटा, वडा नं. ९ दयालपुरमा ५४ वटा,र वडा नम्बर ५ लक्ष्मीपुरमा २५ वटा घर यसै आर्थिक वर्ष भित्रमा निर्माण गरिने सांसद यादवका सहयोगी रिषी तिवारीले बताएका छन । सांसद यादवले आफनो निर्वाचन क्षेत्र भरिमा २ सय घर निर्माण गराउँदै छन् । अब छिटै अन्य ठाउँमा पनि घर निमार्णको काम अगाडी बढाइने विधायक यादवले बताउनु भयो ।