आरके श्रीवास्तव । रौतहट । फाल्गुन २७ गते
नेपाल भारत सिमानाका छिट्टै खुल्ने नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले बताउनु भएको छ । रौतहट जिल्लाको मौलापुर नगरपालिका द्धारा आयोजित मधानी महायज्ञ लाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो । पतौरा महादेव मन्दिरमा मधानी महायज्ञ विहिबार देखि एक कार्यक्रमका बिच सुरु भएको हो । कार्यक्रममा बोल्दै पोखरेलले लामो समय देखि बन्द रहेको सिमानाका अब चाँडै खोलिने वहाँले बताउनु भएको छ । वहाँले भन्नु भयो,“हामी यस बारे छिट्टै बसेर निर्णय गर्ने छौं भनि म विश्वास दिलाउन चाहन्छु । नेपाली जनताले जुन सास्ती खेप्नु परेको छ । त्यो चाँडै नै अन्त्य हुनेछ ।
रौतहटको मौलापुर पतौरा महादेव मन्दिरले तराइ मधेश लाइ सुनको टुक्रा जस्तो चिनाउने छ । यो महादेव मन्दिरले लोभ लाग्दो , रहर लाग्दो रुपमा यो ठाउँलाइ चिनाउने छ ।
नेपाल रह्यो भने मधेसी ,पहाडी ,थारु हामी सबै रहन्छौं । त्यसैले हाम्रो देशको धार्मिक विशेषताहरु लाइ बचाउन हामी सबै लाग्नु पर्दछ वहाँले भन्नु भयो । हामी सबै एकताबद्ध भएर हाम्रो देशको धार्मिक विविधता लाइ बचाउनु पर्ने देखिन्छ ।
मधानी महायज्ञको दोस्रो पटक उदघाटन कार्यक्रमा बोल्दै पोखरेलले यो मधानी महायज्ञले एउटा निश्चित उदेश्य प्राप्त नभए सम्म यो अभियान जारी नै रहने बताउनु भयो ।
एउटा अर्को प्रसंगमा वहाँले पतौरा महादेव मन्दिर लाइ नेपालको सम्पदा सूचिमा मात्र नभइ विश्व सम्पदा सूचिमा पार्न नेपाल सरकार लागि परेको स्पष्ट पार्नु भयो । म एउटा जिम्मेवार नेपाल सरकारको मन्त्रीको हैसियतले यो भन्न चाहन्छु कि यो क्षेत्र लाइ सुचिकृत गराउन हामी सँगै रहने छौं । अन्त्यमा वहाँले मधानी महायज्ञको सफलताको लागि शुभकामना व्यक्त गर्दै नेपाल,भारतका कलाकारहरु लाइ मित्रताको संदेश दिन सफल हुनु भनि शुभकामना दिनु भयो ।
पूरातात्विक मधानी महायज्ञको शुभारम्भको अवसरमा शहरी विकास मन्त्री प्रभु साह, प्रदेश प्रमुख राजेश अहिराज ,बागमती प्रदेशका सभामुख, मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह ,साहित्यकार संजय साह मित्रले आ आफनो मन्त्वय राखेका थिए ।