आरके श्रीवास्तव । रौतहट । फाल्गुन २८ गते
रौतहट जिल्लाको प्रसिद्ध शिवनगर महादेव मन्दिरमा दर्शनार्थीको घुुँईचो लागेको देखिएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ मा अवस्थित भोलेबाबाको मन्दिरमा कमरथुवा , दर्शनार्थीहरुको भिड लागेको हो । महाशिव रात्रिको अवसर पारेर यति ठुलो संख्यामा मानिसहरुको भिडभाड देखिएको हो ।
धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा रहेको शिवनगर महादेव मन्दिरमा बिशिबार महाशिवरात्रिकोे अवसरमा दर्शनार्थीको घुुँईचो लागेको देखिएको हो ।
बिहिबार शिवनगर महादेव मन्दिरमा एक लाख भन्दा बढि भक्तजनले दर्शन गरेको गरुडा नगरपालिकाले जनाएको हो ।
महाशिवरात्रिकोे अवसरमा तिन दिन सम्म लाग्ने मेलामा बिहिबार सम्म एकलाख बढि भक्तजन दर्शनको लागि आएको आयोजक मेला समितिले अनुुमान गरेको छ । मेला सुुरक्षाका लागि बाक्लो सुुरक्षाकर्मीको ब्यवस्था मिलाईएको जनाइएको छ । सुुरक्षार्थ जिल्लाभरबाट एक सय जना भन्दा बढी नेपाल प्रहरी जनशक्ति परिचालन गरीएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भिम रावलले जानकारी गराउनु भएको हो । १९ जना हराएका बालबालिकाहरु लाइ अभिभावकको जिम्मा लगाएको डिएसपी रावलले जानकारी गराउनु भएको हो ।
शिवनगर मन्दिरमा प्रत्येक आईतवार नियमित जल चढाउन दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् ।
महाशिवरात्रीको पर्वको अवसरमा शिवनगरमा रौतहट , सर्लाही,पर्सा,बारा प्रदेश २ भरिका साथै सीमावर्ती भारत बाट भक्तजनहरु आउने गर्दछन् ।