जिल्ला विपद व्यवस्थापन समितिले गठन गर्यो ११ सदस्यीय कार्यदल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २८, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
जिल्ला विपद व्यवस्थापन समितिले गठन गर्यो ११ सदस्यीय कार्यदल


विणा श्रीवास्तव । गौर । फाल्गुन २८ गते
रौतहट जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । सदरमुकाम गौर स्थित जिल्ला प्रशासन कार्यालयको भवनमा सो बैठक सम्पन्न भएको हो । बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । सो बैठक बाट सिडियो यादवको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरिएको जिल्ला प्रशासन कार्यालय गौरका रामनरेश यादवले जानकारी गराउनु भएको हो । सो कार्यदलले मनसुन जन्य विपद प्रभावित निजी आवास पुनः निर्माण तथा पुनःस्थापना कार्यविधि– २०७७ लाई यस जिल्लाको सन्दर्भमा गर्न सकिने कार्यको सुची सहितको प्रतिवेदन तयार गर्ने ,जिल्ला विपद् आपतकालीन संचालन केन्द्रलाई सुदृढिकरण कार्यको लागि चेक लिस्ट, कार्य र जिम्मेवारी सहितको प्रतिवेदन तयार गर्ने ,बाढी उद्धार तथा प्रतिकार्य विशेष कार्य योजना निर्माण गर्ने,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विभिन्न मितिमा भएको निर्णयहरु कार्यान्वयनका गर्न सक्ने कार्य योजना निर्माण गरि सिफारिस गर्ने ,आगलगी नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रमहरु तयार गरी संचालन गर्ने जस्ता कामहरु गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस