गौरको गढवावासी धुलाम्य बाटो भएर आवतजावत गर्न बाध्य

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २८, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
गौरको गढवावासी धुलाम्य बाटो भएर आवतजावत गर्न बाध्य


विणा श्रीवास्तव । गौर । फाल्गुन २८ गते
रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ४ गढवा टोलका वासिन्दाहरुलाई धुलाम्य बाटो भएर आवतजावत गर्न बाध्य भएका छन् । सडकका धुलो अधिक मात्रा उडने गरेकोले स्वास्थ्यमा समेत असर पर्ने गरेको स्थानियहरुले बताएका छन् । सो वडा स्थितिका खानेपानी ट्याङ्की देखि स्कुल छेउ भएर सोर्वना माई मन्दिर सम्मको सडकमा दिनहु सयौं को संख्यामा ट्रयाक्टर ,ट्रीपर इत्यादि सवारी साधन गुड्ने गरेकोले स्थानीयलाई दिनहु जीवन बिताउन सकस भएको गुणासो गरेका छन् । शहरी सघन कार्यक्रम अन्तर्गत स्मार्ट सिटी निर्माणकार्य भित्र सो सडक परेको हँुदा दिनहु निर्माणकार्यको लागि समाग्री ढुवानी हुँदै गर्दा यस्तो अवस्था आएको स्थानीयले बताएका छन् । निर्माणकार्य गरिरहेका निर्माण कम्पनीको सवारी साधन दिनहुँ गुडिरहेकोले सडक धुलोमा परिणत भएको गुनासो उठिरहँदा पनि सम्बन्धित निकाय मौन रहेको छ ।
धुलो रहित बनाउन सम्बन्धित निकायलाइ सन्चार माध्यमबाट ध्यानाकर्षण गराएको स्थानीयले बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस