रौशन चौधरी । रौतहट । फाल्गुन २८ गते
बौद्धिमाई नपा ४ इनरबारीमा मेयर यादवद्वारा बुढि़या माई मन्दिरको शिलान्यास सम्पन्न भएको छ ।
रौतहटको बौद्धिमाई नगरपालिकामा युवा मेयर राजीव रंजन यादवले विकासको लहर लयाएका छन । एक पछि अर्को गरेर नगरपालिका भरि नै विकासका विभिन्न योजनाहरु लेयाएर युवा मेयर यादवले मान र सम्मान कमाउन सफल भएका छन ।
नगरपालिका भरि गरिने विभिन्न विकास कार्यहरु मध्ये बिहीबार इनरवारीमा बुढिया माई मन्दिरको मेयर यादवले शिलान्यास गर्नु भएको छ । नगर प्रमुख यादवको नगर स्तरीय योजनाबाट बन्न लागेको बुढि़या माई मन्दिर यस क्षेत्रका हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा रहेको नगर प्रमुख यादवले बताए । युगौ देखी प्रसिद्ध बुढि़या माईको यस मन्दिरमा आसपासका गाउलेहरुले पूजापाठ गर्दै आएको र मन्दिर पुरानो भएकोले श्रद्धालु भक्तजनलाई पूजापाठ गर्न अप्ठयारो भईरहेकोले नया मन्दिरको निर्माण गर्न लागेको नगर प्रमुख यादवले बताए । अब निर्माण हुन लागेको बुढि़या माईको भव्य मन्दिर युगौ सम्म रहने तथा भक्तजनहरुलाई पूजापाठ गर्न सहज हुने रौतहट क्षेत्र नम्बर २ बिधानसभा ’ख’ का प्रदेश सांसद रामकिशोर यादव उर्फ किशोरी यादवले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा बौद्धिमाई नगरपालिका वडा नम्बर ४ इनरबारीका वडा अध्यक्ष देव नारायण प्रसाद जयसवाल, वडा नम्बर ६ पिपरियाका वडा अध्यक्ष हृदये नारायण राय यादव, श्री शंकर मा वि सरमुज्ज्वाका शिक्षक ओमप्रकाश यादव,नपाका इन्जीनियर, ओभरसियर तथा दर्जनों नेता कार्यकर्ताहरु लगायत स्थानीय सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।