रौतहटमा लागु औषधका साथ एक प्रहरी सहित २ जना मानिस पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २८, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
रौतहटमा लागु औषधका साथ एक प्रहरी सहित २ जना मानिस पक्राउ


रौशन चौधरी । रौतहट । फाल्गुन २८ गते
रौतहटमा लागु औषधका साथ एक प्रहरी सहित २ जना मानिस पक्राउ परेका छन् । बुधबार बिशेष सुराकीको आधारमा प्रहरी टोलीले जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुर चोकमा सर्लाही जिल्लाको बागमती तर्फबाट जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं।३ गैंडाटार व जंगलाल धामीको छोरा ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाही दरवन्दी भई ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत वर्ष ३२ को प्रहरी जवान कमल धामीले चलाई आएको ना।५८ प(९५४८ नं।को एफ।जेड। मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटर साईकलको पछाडी सवार रहेका जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं।३ गैंटाडार वस्ने सत्य नारायण कुमरको छोरा वर्ष ३० को राजु कुमारले मोटरसाईकलको सिटको बिचमा दुवै हातले समाई राखेको कालो पोलोथिन झोला भित्र लुकाई छिपाई ल्याएको ३ वटा प्याकेटमा(९००।– टयाव्लेट लागु औषध फेला परेकोले निजहरुलाई सो लागु औषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई न्यायीक हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस