आरके श्रीवास्तव । कटहरिया । चैत्र ०१ गते
जनता आवास कार्यकक्रम प्रदेश २ सरकारको सराहनिय योजना रहेको प्रदेश सांसद कुन्दन कुशवाहाले बताउनु भएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर ३ विर्ति प्रष्टोकामा जनता आवास अन्तर्गत निमार्ण हुन लागेको घरहरु शिलान्यास गर्ने क्रममा वहाँले यस्तो बताउनु भएको हो । प्रदेश सरकारले अरु कुनै हेर्ने लायक काम नगरे पनि जनता अवास एउटा राम्रो योजना हो । यस लाइ हामी सबैले मिलेर सफल पार्नु पर्दछ भन्दै वहाँले जोड दिनु भएको थियो । यो जनता आवास कार्यक्रम पहिला शहरी बिकास मन्त्रालय द्वारा चल्दै आएको थियो । चुनावपछी आएर केन्द्रबाट प्रदेश सरकारको जिम्मा दिइएको हो । तर यो प्रदेश सरकार ३ वर्ष देखी जनता आवासको बजेट फ्रीज गर्दै आएको थियो । पछी आएर चौतर्फी रुपमा दबाब पछि ध्यानआकर्षण भइ घरहरु निर्माण हुन लागेको उल्लेख गरेका थिए । डोम ,मुशहर,दलित र बिपन्न समुदायको लागि यो कदम चाल्नुमा हाम्रो लागी स्वागत योग्य रहेको प्रदेश न २ को सांसद कुशवाहाले बताउनु भएको हो । जनता आवास कार्यक्रम मार्फत अगामी दिनमा एउटा पनि गरीब फुसको घरमा न बस्ने र सम्पूर्ण गरीब परिवार पक्की भवनमा बस्ने प्रतिबद्ध्ता जनाउनु भयो । पक्की भवन बन्न थालेपछी गुणस्तरहिन काम न होस भनि कटहरिया नपाका नगर प्रमुख सियाराम कुशवाहाले सबैमा आग्रह समेत गरेका थिए ।