प्रदिप दास । चैत ०१ गते
तपाईलाई स्वागत छ वर्तमानकाल दैनिकको अन्तरवार्ता विशेष संवादमा
(धन्यवाद ।
प्रश्न नं। १। तपाई आफ्नो परिचय दिनुहोस् ?
(मेरो नाम सुखल प्रसाद यादव हो ।मेरो घर रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रा पोखरियामा पर्दछ । म नेकपा बाट राजनीतिक गर्ने गर्दछु ।
प्रश्न नं। २। तपाई राजनीतिमा कहिले देखि लाग्नु भयो ?
म विधार्थी काल देखि नै राजनीतिक पेशामा लागेको हुँ । विभिन्न पार्टिमा लाग्दै नेकपा सम्म पुगेको हुँ ।
प्रश्न नं।३। तपाई राजनीतिमा लाग्नुको मुख्य उदेश्य के त ?
राजनीतिक क्षेत्रमा लागेर समाजको सेवा गर्ने लक्ष्यका साथ लागेको हुँ ।
समाजमा भइरहेको अन्या,अत्याचार र भ्रष्टाचार को अन्तय गर्ने र समाज मा रहेको विभिन्न विभेदलाई अन्त्य गर्नुको साथै समाजलाई परिवर्तन गर्ने उदेश्यले म राजनितिमा क्षेत्रमा लागेको हुँ ।
प्रश्न नं। ४। तपाईं राजनीतिक पेशामा लागेर कसरी समाज सेवा गर्दै हुनु हुन्छ ?
( म कुनै पदमा निर्वाचित न भए पनि समाजको सेवामा लागि परेको छु । मेरो बुवा वडाध्यक्ष हुनु हुन्छ । वहाँको विकास निर्माणको योजना मैले हातेमालो गर्दै आइरहेको छु । तर जहिले देखि म राजनीतिमा लागेको हुँ त्यो दिन देखि अहिले सम्म कुनै त्यस्तो दिन छैन जुन दिन प्रत्यक्ष र अप्रत्यक्ष रुपले सहयोग गरेको छैन । जनताको लागि कहिले पछाडि हटेको छैन् । केही नौलो गर्ने मेरो योजना छ।
प्रश्न नं। ५ के छ त्यस्तो योजना ?
शिक्षा ,स्वास्थ्य , कृषिमा जोड दिईयो भने हाम्रो समाजको विकास हुनेछ । सडकको अवस्था सुधार गर्नुपर्ने देखिन्छ ।
प्रश्न नं।६। तपाईले सोचेको अनुसार तपाईं वडामा काम हुन सकेको छ कि छैन ?
(जति वडामा सेलिङ्ग दिइएको हो वडामा त्यति काम भएकै हो । विस्तारै विकासको बाटोमा यो वडा अग्रसर हुँदैछ ।
प्रश्न नं।७। तपाईको वडामा जनप्रतिनिधिको कस्तो सहयोग छ ?
(ठिकै सहयोग छ । तर अझै मिलेर गयो राम्रो गर्न सकिन्थ्यो ।
प्रश्न नं।८।तपाईंको वडामा शिक्षा र स्वास्थ्यको अवस्था सुधार हुन सकेको छैन् ?
(शिक्षा र स्वास्थ्यको अवस्था हामी सुधार गर्ने लक्ष्यका साथ अगाडि बढ्दै छौ । आशा छ छिट्टै सुधार हुनेछ ।
प्रश्न नं।९।अन्त्यमा तपाईं आफ्नो वडाका जनताहरुमा के के संदेशहरु छोडन चाहनु हुन्छ ?
( वडावासीलाई के भन्न चाहन्छु भने तपाईहरु अब हाम्रो होइन राम्रो रोजनुस । किन भने समाजको मुहार फेर्ने जनप्रतिनिधि नै हो । त्यसैले अब देखि त्यसैले समाजमा परिवर्तन गर्न र समाजलाई विकसित बनाउन राम्रो व्यक्तिलाई चुननुस। वडाको विकासमा साथ सहयोग गर्नुस् ।
हवस्त तपाई आफ्नो बहुमुल्य समय दिनुभएकोमा धन्यवाद ।