वर्तमानकाल समाचारदाता । रौतहट । चैत्र ०२ गते
रौतहट जिल्लाको मध्यभाग व्यपारी नगरी गरुडा नगरपालिका वाड नम्बर ४ स्थित रहेको बंशीराम जयसवाल अनाथालयको रजत जयन्ती बर्ष मनाइएको छ ।
साविक गरुडा बैरिया वडा नम्बर ७ हाल गरुडा नगरपालिका वडा नम्बर ४ मा रहेको श्री बंशीराम जयसवाल अनाथालयको रजत जयन्ती तथा वेदमाता गायत्री शक्तिपिठको १७ औ बार्षिक उत्सव भव्यताको साथ मनाइएको छ ।
रजत जयन्ती तथा १७ औ बार्षिक उत्सको अवसरमा गायत्री शक्तिपीठमा चैत्र ४ गते सम्म चलने पुजा तथा अन्य कार्यक्रमहरुको उदघाटन गर्दै रौतहट क्षेत्र नम्बर ४ को संघिय सांसद देव प्रसाद तिमिलसिनाले अहिलेको बदलिदो परिवेशमा आफ्नो मान्छेले साथ छोडीरहेको बेलामा अनाथ बालबालिकालाई निःस्वार्थ पालन पोषण गर्ने व्यक्ति कलयुगको देवताको संज्ञा दिएको थिए । समाजमा भाई– भाई बिच सम्बन्ध राम्रो हुदैन क्षणिक स्वार्थको लागी ज्यान मार्न समेत त्यार रहने अवस्थामा सेवा नै परमधर्म मान्ने व्यक्तिनै भगवान हुन तिमिलसिनाले भने । कार्यक्रमलाई सम्बोधन गर्दै वहाले अनाथालयको विकासको लागी संसदीय कोषबाट भवन बनाई दिएको साथै भविष्यमा भौतिक निमार्ण गराई राखने बताए ।
२०५२ सालमा निजी लगानीमा सचालन भएको अनाथालय २५ बर्ष देखि संचालन गर्दै आएको समाजसेवी बंशीरामले आफ्नै जग्गामा अनाथालय स्थापना गरी अनाथ तथा विपन्न बालबालिकालाई खाना, आवास तथा शिक्षादीक्षा र अभिभावकत्व प्रदान गर्न प्रारम्भ गरेका थिए । अनाथालयमा बसेर अध्ययन गरेका बालबालिकाहरु विदेशका विश्वविद्यालयमा पनि उत्कृष्ट स्थान हासिल गरेका छन् भने नेपाल तथा भारतको विभिन्न सरकारी सेवामा पनि पुग्न सफल भएका छन् । अनाथ बालबालिकासँगै अनाथालयमै सदाचारी जीवन जयसवाल बिताइरहेका छन । उक्त अनाथलायमा ३४ जना बालबालिका रहेका छन् । सबै बालबालिका अनाथालय प्रावि र श्री मावि गरुडामा अध्ययन गरिरहेका छन् ।
कार्यक्रमा बृन्दावन नगरपालिकाको मेयर राम स्नेही यादव, माधवनारायण नगरपालिकाको मेयर बिरेन्द्र प्रसाद यादव, गरुडा नगरपालिकाको उपमेयर रंगिला देवी जयसवाल, जसपा नेता कन्थमणि प्रसाद जयसवाल, जसपा जिल्ला इन्र्चाज बृजकिशोर प्रसाद यादव, सुनचाँदी व्यवसायी को प्रदेश–२ को अध्यक्ष रामजी साह, लगायतका व्यक्तिहरुले आ–आफ्नो मन्तव्य राखेको कार्यक्रमको सभापतित्व अनाथालय व्यवस्थापन समितिको अध्यक्ष भुवनेश्वर राम जयसवालले गरेको थियो ।