आरके श्रीवास्तव । रौतहट । चैत ०२ गते
रौतहट जिल्लाको उक्तरी भेगमा अवस्थित फतुवा–बिजयपुर नगरपालिका वडा नम्बर– ४ टेंग्रा्रहामा आवस्थित श्री मावि टेग्राहाको किता नम्बर ३१ को २१ बिगहा ३ कठ्ठाको खेती योग्य जग्गा खुल्ला डाँक बढाबढ प्रक्रियाबाट फाल्गुन २९ गते शनिवारको भव्य रूपमा ठेक्का पट्टा कार्यक्रम सम्पन्न भएको छ । श्री मावि टेंग्राहाका प्रधानाध्यापक अनिल प्रसाद यादवको अध्यक्ष्तामा सम्पन्न भएको हो । करिब दर्जनौं ठेकेदारको कडा प्रतिस्पर्धामा पहिलोमा प्रणु एग्रो फर्म फतुवा विजयपुर कुल रकम नौ लाख पाच हजार , दोस्रोमा अमिन्द्र पटेल परोहा– ६ रौतहट कुल रकम आठ लाख असी हजार र तेस्रोमा हरिसरन पराजुली चितवन सात लाख , सबभन्दा बढीमा प्रणु एग्रो फर्म फतुवा विजयपुर कुल रकम नौ लाख पाच हजार भएकोले वहाँको ठेकापटा भएको प्रअ यादवले जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा फतुवा विजयपुर नगरपालिकाको शिक्षा सह संयोजक सुबोध यादव , वडाध्यक्ष ब्रहमानरायण यादव , सह लेखापाल प्रविन यादव, समाजसेबी रामाकान्त पासवान , जयमंगल यादव , सुरक्षाकर्मी , पत्रकार , गाउँको बुद्धिजिबी , समाजसेबी , भद्रभालादमीहरुको रोहबरमा उक्त ठेक्का साकार कार्यक्रम सम्पन भएको थियो ।