पर्सामा एक महिलामाथि छुरा प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
पर्सामा एक महिलामाथि छुरा प्रहार

जयकुमार यादव । बीरगंज । चैत ०२ गते
पर्साको पर्सागढी नगरपालिका ३ पकडिया बडनिहारमा रहेको मुसहर टोलमा एक महिलामाथि छुरा प्रहार भएको छ । मुसहर टोलमा बस्दै आएकी ४५ वर्षे लक्ष्मिनिया देवी चौधरीमाथि आइतबार बिहान छुरा प्रहार भएको हो ।

बिहान ३ बजेको समयमा २–३ जनाको समूहमा आएका व्यक्तिहरूले घरको बार काटेर घरभित्र पसेर छुरा प्रहार गरेको बताइएको छ । घाइते चौधरीको टाउको र शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस