अमरेश कुमार पाण्डे
चैत्र ०२ गते । वीरगंज
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासदेखि नै देशको जटिल परिस्थितिमा कांग्रेसले नै निकास दिँदै आएको दाबी गरेका छन् ।नेपाली कांग्रेस खेलकुद विभागको आयोजनामा बारामा हुन लागेको खुमबहादुर खड्का स्मृति नेपाल–भारत अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै उनले कांग्रेसको काँधमा फेरि यस्तो जिम्मेवारी आएको बताएका हुन् ।
दुई दिनसम्म चल्ने कुस्ती प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि देउवाले भने, ‘जब९जब देशमा संकट आएको छ, त्यतिबेला कांग्रेस नै जनताको पार्टी बनेर संकटबाट निकास दिएको छ। यसपालिको जटिल परिस्थितिमा पनि कांग्रेसले निकास दिनेछ।’
सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको निर्णय गरेर लोकतन्त्रको रक्षा गरेको उनको भनाइ थियो । सभापति देउवाले आगामी सरकारका लागि विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको बताए ।
हेलिकोप्टरमार्फत बारा पुगेका सभापति देउवालाई ५१ किलोको मालासहित स्वागत गरिएको थियो । बाराको पचरौता नागरपालिकाको वडा नं ५ बेलदारीमा भएको कुस्ती प्रतियोगिताको उद्घाटन काठर्यक्रममा कांग्रेसका खेलकुद विभाग संयोजक मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य उमाकान्त चौधरी, फरमुल्लाह मन्सुरलगायतले मन्तव्य राखेका थिए