ओम प्रकाश यादव । रौतहट । चैत्र ०३ गते
राष्ट्रिय जनगणना २०७८ का लागि रौतहटमा हिजो जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको छ ।
विस २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तिब्र पार्न रौतहटको सदरमुकाम गौरमा हिजो जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी सिडियो इन्द्रदेव यादवले एक कार्यक्रमका बीच उक्त कार्यालयको स्थापना गर्नुभएको छ ।
नेपालमा दश दश वर्षको अन्तरालमा जनगणना हुने प्रावधान छ सोही प्रावधान अनुसार आउँदो २०७८ सालमा १२ औं जनगणना हुन लागेको जिल्ला हुलाक कार्यालय गौरका प्रमुख एवम् जनगणना अधिकृत देवनाथ यादवले जानकारी गराउनु भयो ।
सो जनगणनाको तयारी तथा सो सम्बन्धी हुने सम्पुर्ण कामको लागि जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।
स्थापना भएको कार्यालयले २०७८ बैशाखदेखी सुपरिवेक्षकहरु द्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, तथ्यांक संकलन गर्ने र गणकहरुबाट मुल गणनाको काम गर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
सिडियो यादवका अनुसार अवको ठिक एक महिनामा अर्थात २०७८ बैशाख १ गते रौतहटको १८ वटै स्थानीय तहहरुनै हेर्ने गरी ५ वटा स्थानिय जनगणना कार्यालयहरु स्थापना हुनेछन् जसमा गौर, गरुडा, चन्द्रपुर, कटहरिया र बौधीमाई नगरपालिकामा स्थानीय जनगणना कार्यालयको स्थापना हुनेछ ।
जिल्लाको स्थानीय तहमा चाहिँ स्थानीय जनगणना समन्वय समिति हुनेछ जहाँ सम्वन्धीत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उहाँले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ ।
जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा,उपप्रमुख र जिल्ला भित्रका सवै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्ला स्तरीय जनगणना सहजीकरण संयन्त्र रहने विशेष श्रोतले जनाएको छ । यस अवसरमा ,जिल्ला प्रहरी कार्यलय रौतहटका एसपि सिद्धि विक्रम साह , सशस्त्र प्रहरीका एसपि ,अनुसंधानका एसपि मुकुन्द बहादुर खडका सहितका व्यक्तीहरुको उपस्थिती रहेको थियो