प्रदिप दास । रौतहट । चैत्र ०३ गते
रौतहट जिल्लाको मौलापुर वडा नम्बर ६ मा अवस्थित श्री मा.बि.पथरा बुधराम रौतहटमा व्यापक रुपमा कमिसनको खेल भईरहेको र प्रधानाध्यापक आफ्नो मनमौजी काम गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद यादवले आरोप लगाउनु भएको छ । बिद्यालयमा दिवा खाजाको स्थानीय सरकारको निर्णय विपरित वालवालिकाहरुलाई बिस्कुट ,चाउचाउ खुवाई रहेको स्थानीयहरुको भनाई छ ।
विद्यालय व्यवस्थापनको अध्यक्ष संग समन्वय नै नगरि प्रधानाध्यापकले आफु खुशी कमिसनको लोभमा परि मनपरी गर्दै आईरहेको आरोप लगाएका हुन् । अध्यक्ष यादवका अनुसार यस विद्यालयमा विद्यार्थीहरुको लागि बस्ने बेञ्चको व्यवस्थापन नगरि आफुहरुको लागि सोफा सेट खरिद गरेको र व्यवस्थापन समितिलाई जानकारी नै नदिई सी.सी. टिभी क्यामेरा खरिद गरि कमिसन खाएको गुनासो गर्नु भयो ।
विद्यालयमा सधै बिस्कुट ,चाउचाउ मात्र किन खुवाइँदै छ भनि केहि स्थानीयहरुले प्रधानाध्यापकलाई सोध्दा सधै पियन नआएकोले खाजा नबनेको भन्दै आएको पाईएको छ । दिवा खाजामा हरेक दिनको सेडुल अनुसार दिवा खाजा नखुवाएको स्थानियहरुको गुनासो रहेको छ ।
त्यस्तै विद्यालयमा शौचालयको राम्रो व्यवस्था पनि नरहेको र चाँडो भन्दा चाँडो विद्यालयमा कमि रहेको सामग्रीहरु विद्यालय व्यवस्थापन समिति संग समन्वय गरि पुरा गरोस, विद्यार्थीहरुको मांग रहेको र मांग पुरा नभए बिरोध गर्ने अध्यक्ष यादवले चेतावनी दिएका छन् ।
यता यस विषयमा सो विधालयका प्रधानाध्यापक रामएकवाल यादव सँग सोध्दा प्रतिक्रिया दिन मान्नु भएन् ।