होली नजिकियो, न बज्न थाले ढोल न गुञ्जिए जोगिरा सररर ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ३, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
होली नजिकियो, न बज्न थाले ढोल न गुञ्जिए जोगिरा सररर ।


आरके श्रीवास्तव । रौतहट । चैत्र ०३ गते
होली पर्व नजिक आउँदैछ । होली पर्वको आगमनसँगै कुनैबेला गाउँघरमा राति गुन्जिने होली गीत अचेल लोप हुँदै गइरहेको छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकोमा जोगिरा गायक दुःखी छन् । उहिले गीत गाएरै फागु आएको संकेत गरिन्थ्यो, अब न त ढोल, मृदंग नै बज्छन न त फागुगीत नै गुञ्जिन्छन् ।
‘जोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ. कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब विरलै सुन्न पाइन्छ ।
माधोपुरका शिव प्रसाद रयाले भन्नुभयोे, ‘पहिले पहिले त गाउँको बीचमा रहेको कुनै ठाउँमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगीरा गाइन्थ्यो तर अब जोगीरा नसुनेको पनि धैरै भयो।’ तर आफूहरुले गर्दै आएको किर्तन भजनमा भने होली गीत गाउने गरेको छु ।
समयको परिवर्तन र गाउँका युवा रोजगारीमा विदेशिएपछि गीत विरलै सुनिन थालेको हो। सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले यादवलाई मात्र होइन यहाँका अन्यलाई समेत प्रभाव पारेको छ । होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।
अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण भएको छ । प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगीरा गीत पनि प्रभावित भएको उहाँको भनाईछ ।
होलीपर्व आउन दुई हप्ता मात्र बाँकी छ तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगीरा लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् ।
अहिले बजारमा पाइने जोगीराका अश्लील संस्करणहरुले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन्। आद्युनिकताले पूरानो परम्परा लोप हुँदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ तर यसको रौनकता नै समाप्त भएर जान लागेको भान भएको छ उहाँले बताउनुभया ।
पहिले होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस