सशस्त्र बेस क्याम्प दुधियाभारका इन्स्पेक्टर महतोको विदाई, नयाँ इन्चार्जमा गिरी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ३, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
सशस्त्र बेस क्याम्प दुधियाभारका इन्स्पेक्टर महतोको विदाई, नयाँ इन्चार्जमा गिरी


ओम प्रकाश यादव
चैत्र ०३ गते, रौतहट ।

रौतहटको सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभारको कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक इन्स्पेक्टर च्यामनारायण महतोको विदाई भएको छ ।
आज एक कार्यक्रमकाबीच प्रहरी निरीक्षक महतोको विदाई गरिएको छ । कार्यालय प्रमुख महतोको विदाइ भएपछि उनको स्थानमा कार्यालय प्रमुख कपिल राज गिरी आएका छन ।
सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभारको कार्यालय प्रमुखको रुपमा सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरी आजै हाजिर भएका छन ।
आजदेखी प्रहरी निरीक्षक गिरीले सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभारको प्रमुखको जिम्मेवारी सम्हालेका हुन ।
कटहरियाका समाजसेवी एवं नेकपा माओवादी केन्द्रका युवा नेता नश्रुदिन अन्सारीले आज प्रहरी निरीक्षक महतोको दोसल्ला ओढाएर विदाइ गरेका हुन भने कार्यालय प्रमुखको कार्यभार सम्हालेका प्रहरी निरीक्षक गिरीलाई स्वागत गरेका छन ।
उक्त अवसरमा कटहरिया नगर संयोजक, समाज सेवी लगाएतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस