सरिता श्रीवास्तव । कटहरिया । चैत्र ०३ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका स्थित रहेको अस्पतालमा अनलाईन बाट बिल काटन सुरु गरिएको छ । कटहरिया स्थित रहेको प्राथमिक स्वास्थय केन्द्रमा सोमबार देखि अनलाईन बिल काटन सुचारू गरिएको छ । एक कार्यक्रमका बिच कटहरिया नपाका निम्ति प्रमुख प्रशासकिय अधिकृत रामप्रकास साहको सोको सुचारु ग्रिएको थियो । अनलाइन बाट इमरजेन्सी,एक्सरे , लैब सहित कार्यालयको सम्पुर्ण विल अनलाइन बाटै काटिने पिएचसि कटहरियाका स्वास्थ्यकर्मी मदन यादवले जानकारी गराउनु भयो । यस अवसरमा अधिकृत साह सँगै नपाका कर्मचारीहरु छोटेलाल मिश्रा,गणेश साह,डा.यशु मल्ल,उमेश दास,बिनोद साह सहितका व्यक्तीहरुको सहभागिता रहेको थियो ।