मौलापुर मालपोत कार्यालयको सेवा प्रवाहले सबै जनता सन्तुष्ट नै छ – शाखा प्रमुख बबुनन्दन प्रसाद साह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ३, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
मौलापुर मालपोत कार्यालयको सेवा प्रवाहले सबै जनता सन्तुष्ट नै छ – शाखा प्रमुख बबुनन्दन प्रसाद साह



प्रदीप सम्राट । चैत्र ०३ गते ।
नमस्कार ! स्वागत छ , यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नया संवादमा ।
-धन्यवाद !
प्रश्न नम्बर – १ तपाईको आफ्नो परिचय दिनुहोस।
–मेरो नाम बबुनन्दन प्रसाद साह हो। मेरो घर दुर्गा भगवती गा पा वडा नम्बर –३ मत्सरी हो।
प्रश्न नम्बर–२ तपाई यस मालपोत कार्यलय मौलापुरमा आएको कति दिन भयो होला ?
–यो मौलापुर मालपोत कार्यालयमा बिगत साढे ३ वर्ष देखि कार्यरत छु, भन्नु पर्दा स्थापना कालदेखि नै यहाँ कार्यालय प्रमुखको रुपमा कार्यरत छु।
प्रश्न नम्बर–३ यस मालपोत कार्यालय मौलापुरबाट स्थानीयहरु कति लाभान्वित देखिएको छ ?
–यो मौलापुर मालपोत कार्यालय अन्तर्गत छौ वटा नगरपालिका छोएको छ ,छौ वटा नगरपालिकामा साबिकका गा. बि. स. १८ वटा ,ति १८ वटा गाबिस का सेवा प्रवाह यस मौलापुर मालपोत कार्यालयबाट भई रहेको छ। र सेवा प्रवाहमा सबै जनता सन्तुष्ट नै छ भन्नु पर्छ।
प्रश्न नम्बर–४ तपाईले यहाँ आउदा के–के समस्या झेल्नु पर्यो ?
–तपाई एकदाम राम्रो प्रश्न गर्नु भयो खुशी पनि लग्यो वास्तबमा भन्नु पर्दा सुरु सुरुमा हाम्रो यो मौलापूर नपा र गरुडा नपाको मालपोत कार्यालय गौरबाट ओपिÞmस सार्ने क्रममा धेरै कठिनाई भएको थियो। अनि नगरपालिका लागु भएपछि राजस्व दस्तुर डब्बल भएपछी जनताहरु सुरु सुरुमा कार्यालयमा राजस्व डब्बल बुझाउदा आक्रोसित हुने अनि बिस्तारै बुझ्दै जादा जनताहरु अहिले नपा लागु भएपछि दस्तुर बढेको बल्ल बुझेपछि अहिले कुनै कठिनाई नरहेको देखिएको छ।
प्रश्न नम्बर – ५ अर्को प्रसंगमा भन्नु पर्दा यस नपा अन्तर्गतका सम्पूर्ण सार्वजनिक एलानी जग्गाहरु व्यवस्थित गर्न र वृक्षारोपण गर्न कुन–कुन उपाय अपनाउनु हुन्छ ?
–येलानी कति किसिमको हुन्छ भन्नु पर्दा , एउटा नेपाल सरकार र व्यक्तिको जस्तै व्यक्ति को नाउमा भनेको उसको नाउमा नाप नक्सा भएको साबिकमा नापी हुदा खेरि घर बनाएर जुन बस्यथियो त्यो सबै येलानी गरिदिए छ नेपाल सरकार ले , व्यक्ति को येलानी त्यसमा मोही बल व्यक्तिको येलानी हुन्छन अहिले सम्म बिगत ०६८÷०७० साल तिर येलानी लाई नम्बरी बनाउने प्रक्रिया खुलेको थियो र केहि व्यक्तिहरुले नम्बरी पनि बनाई सक्यो र कति बाकि नै छन्। ति व्यक्तिहरुले आफ्नो घर बनाई भोग गरिरहेका छन्।
प्रश्न नम्बर– ६ तपाईको कार्यकालमा स्थानीय जनता खुशी महसुस गरेका हुन् ?
–जनता प्राय खुशी नै छन् ,केहि व्यक्तिहरु मात्र आएर यो भएन त्यो भएन भन्ने गर्छन त्यो पनि हामि अब बिस्तारै सुधार गर्ने छौ। पहिला स्टाफको कमि थियो त्यो पनि पुरा भयो अनि सबै जसो कार्यालयहरुमा अनलाईन सुबिधा छ अब यहाँ पनि छिटै गरिने सोचमा छु।

हवस्त ! नमस्कार, तपाई आफ्नो बहुमूल्य समय दिनुभएको मा।

-धन्यवाद ! वर्तमानकाल दैनिक पत्रिकालाई जुन मलाई आफ्नो मनको कुरा जनता सामु पुर्याउने मौका दिनु भएकोमा ।

ताजा अपडेट

खोजी गर्नुहोस