ओम प्रकाश यादव
रौतहट, चैत्र ४ गते ।
तराई तिरको दुलदुल घोडा नाच लोप हुदै गइरहेको छ ।
काठले बनाएको घोडालाई रंगीचङ्गी बनाई कम्मरमा बाँधेर नाच्ने नाचलाई दुलदुल घोेडा भनिन्छ । तराईका भाँट समुदायले नाच्ने यो नाच पहिले पेशागत रुपमा रहेपनि अचेल लोप हुने अवस्थामा पुगेको हो । नाचेर माग्ने भएकाले यो पेशा लोप हुन लागेको भारत बिहार घोडासहन को फिरोज भाँटले बताउनुभयो ।
बाउबाजेले गर्दै आएकोले आफुपनि यसमै लागेको तर छोराहरु बिभिन्न काममा लागेकोले यो पेशा लोप हुने अवस्थामा रहेको भाँटकोे कथन छ । घरघरमा पुगेर नाच देखाएर माग्ने भएकोले यो नाचलाई आफ्ना सन्ततीहरुले छोड्न लागेको भाँटले बताउनुभयो ।
एक दिनमा आफुहरु ३०÷३५ किलो चामल मागरे जम्मा पार्ने गरेको भाँटले बताउनुभयो । वर्ष भरि अरुकाम गरे पनि मंसिर, पुष, माघमा आफुहरु नाच देखाएर नै कमाउने गरेको भाँटकोे कथन छ । ३ जनाको समूहमा रहेका भाँटहरुमा एक जना नाच्ने, एक जना मादल बजाउने र एक जनाले घर घरमा पुगेर माग्ने काम गरेको देखिन्थ्यो ।
पहिले पहिले गाउँघरमा विभिन्न चुटकिला, गीत तथा कहावतहरु सुनाएर पैसा तथा चामल आर्जन भाँट समुदायको मूख्य पेशा नै थियो । आफ्नो पुर्खाहरुले गर्दै आएको पेशा लोप हुन लागेको प्रति भाँट चिन्तीत छन् । आफुहरुको चिनारीकै रुपमा रहेको यो नाचलाई जिवन्त राख्नका लागि आफुहरु वर्ष भरि अरु काम गरेपनि समय समयमा नाँच, गीत तथा चुटकिलाहरु सुनाएर मानिसहरुलाई मनोरंजन गराउने गरेको भाँटको भनाई छ ।
भाँटले जातिय पेशालाई जिवन्त राख्नका लागि आफ्ना सन्ततीहरुलाई सुझाव दिदाँ यसबाट केही प्रगति नहुने भन्दै अन्य व्यवसाय तथा विभिन्न पेशामा लागेको बताउनुभयो ।धान भित्राउने मंसिर पुषमा यो नाच बढी गाउँघरमा देखिने गरेको छ ।
फुर्सदको समयमा घरमा बसेका किसानले आफ्नो स–सना बालबालिकालाई मनोरंजन तथा रमाउनका लागि कृत्रिम घोडामा राखेर रमाउने गर्छ । जस बापत किसानहरुले चामल तथा शहरका व्यक्तिहरुले पैसा दिने गर्छन् । बालबालिका पनि घोडा बसेर रमाउने गरेको देखिन्छ ।
कृत्रिम घोडामा बसाएका उनीहरुलाई केही समयका लागि वास्तविक घोडामा नै बसेको भान गर्छन् । बालबालिकालाई खेलाउन तथा मनोरंजन गराउनका मादलको सुरमा घोडा बनेका मानिसले गाउँने तथा नाच गर्ने गर्छन् ।