स्मिथ रजक । रौतहट । चैत्र ०४ गते
रौतहट जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गत स्वास्थ्य चौकिहरूमा औषधी र स्वास्थ्य सामग्रीहरूको अभाव रहेको गुनासो सुन्नमा आएको छ ।
नगरपालिकाको जिन्सी शाखा र नगर प्रमुख संतोष मेहताको चरम लापरबाहीको कारणले यस्तो समस्या हुन आएको हो । करोडौं रूपैयाँ औषधी खरिदको नाउँमा खर्च गर्ने स्थानीय सरकारले जनतालाई समयमा औषधी पु¥याउन नसक्नु दुर्भाग्यपूर्ण रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ रहेको छ ।
स्वास्थ्य चौकिहरूमा उपलब्ध गराईएको सामग्रीहरू मध्ये सर्जिकल सामग्री बेटाडिन र एडेसिप टेप गुणस्तरहिन र कामै न लाग्ने रहेको इशनाथ नगरपालिकाका स्वास्थ्यकर्मीहरूले स्विकार गरेका हुन् । नगरभरिमा कयौं स्वास्थ्य चौकि रहेका छन् । जसको लागि औषधि ,सर्जिकल र स्वास्थ्य सामग्रीको लागि लाखौं रकम छुट्याइएको हो । जस मध्ये लाखौको औषधी सहितको स्वास्थ्य सामग्री वितरण गरिसकेको बताए पनि अभाव भने कायमै छ ।
पछिल्लो आर्थिक वर्ष २०७६÷७७ को लागि औषधि सहित अन्य स्वास्थ्य सामग्रीहरू ढिलो नै खरिद गर्नु पर्ने भए पनि त्यस्तो नगरि आर्थिक वर्ष समाप्त हुने बेलामा हतार हतारमा आएर खरिद गरिएको थियो । जसमा गुणस्तरहिण सर्जिकल सामग्री पर्न गएको हो ।
हजारौं मूल्य बराबरको गुणस्तरहिन सर्जिकल सामग्री खरिद गरेर जन्ताको स्वास्थ्य माथि प्रत्यक्ष रूपमा खेलावाड भएको जानकारहरूको ठहर रहेको छ । यस विषयमा जिन्सी शाखा प्रमुख संग प्रतिक्रिया लिन खोज्दा आफु अहिले व्यस्त रहेको र पछि कुरा गर्ने भन्दै टार्न खोजेका थिए । यता ईशनाथ नगरपालिकाका मेयर मेहता संग बुझन खोज्दा आफु व्यस्त रहेको भन्दै फोन कटिदिएका थिए ।