रौतहट , चैत्र ०४ गते
विवेकशील साझा पार्टीले प्रदेश संयोजकको नाम टुंगाएको छ । अन्तराष्ट्रिय सद्भाव समूह÷प्रवास समिति र ७ प्रदेशको संयोजक टुंगाएको हो ।
पार्टी सचिवालयका अनुसार प्रदेश १ मा महेन्द्र थापा, प्रदेश २ मा अनिमेशकुमार मिश्र,बागमती प्रदेशमा रञ्जु दर्शना, गण्डकी प्रदेशमा महेश भण्डारी, लुम्बिनी प्रदेशमा अनुपमान सैंजु, कर्णाली प्रदेशमा गेहेन्द्र दाहाल र सुदूरपश्चिम प्रदेशमा गोपाल हमालले संयोजकको जिम्मेवारी पाएका छन् ।
त्यस्तै अन्तराष्ट्रिय सद्भाव समूह÷प्रवास समितिमा सुरेश भट्टले जिम्मेवारी पाएको विवेकशिल पार्टीका नेता विवेक शर्माले जानकारी गराउनु भएको हो ।