मुकेश कुमार साह
रौतहट । चैत्र ०४ गते ।
फतुवा बिजपुर नगरपालिका ९ खोरिया का दलित तथा बिपन्न समुदायको आयआर्जन बृद्धि गर्न बंगुरको पाठापाठी वितरण गरिएको छ ।हिमवन्ती नेपालको सहयोग र फतुवा बिजयपुर नगरपालिका वडा न ९ को सहयोगमा वंगुरको पाठापाठी वितरण गरिएको हो । फतुवा बिजयपुर नगरपालिका वडा न ९ मा रहेको खोरिया र शान्ति कृषि बचत समुहका ६१ जना सदस्यहरुलाई बंगुरको पाठापाठी दिइएको हो । ४ लाख ३० हजार रुपैयाँ बराबरको पाठापाठी वितरण गरिएको हेमावान्ति नेपालकि फिल्ड कोर्डिनेटर सारदा राईले बताउनु भयो । दलित तथा बिपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि बंगुर वितरण गरिएको राईले बताउनु भयो। दलित तथा बिपन्नलाई आर्थिक परिवर्तनको पथमा लम्काउनुको साथै सरसफाई, शैक्षिकस्तर लगायतका आवश्यक जीवनउपयोगी पथमा अगाडी बढाई रहन संस्था लागि परेको फिल्ड कोर्डिनेटर राईले बताउनु भयो ।
फतुवा बिजपुर नगरपालिका वडा ९ ले बंगुर खरिद गर्न १ लाख ६० हजार बजेट बिनियोजन गरेको थियो भने बाकि सहयोग हिमवन्ती नेपाल नामक संस्थाले गरेको थियो ।किसानको माग र आवश्यकता अनुसार व्यवसायिक रुपमा बंगुरपालन गर्न बंगुरको पाठापाठी दिइएको वडा न ९ का अध्यक्ष दिपनारायण चौधरीले बताउनु भयो । वडा न ९ का अध्यक्ष चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।