प्रदीप दास । चैत्र ०४ गते।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत धमाधम घरहरु बनिरहेका छन् ।कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया मुसहरी टोलमा मुसहरहरुको लागि पक्कि घर धमाधम बनिरहेको छ । प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पक्कि घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का आठवटै जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो । जनता अवास कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिका वडा ९९ डुमरियामा मुसहरुको लागि ३० वटा पक्कि घर अब बन्न लागेको समिष बिक्रम साहले जानकारी दिएका छन् ।