अमरेश कुमार पाण्डे । बारा । चैत्र ०५ गते ।
जिल्ला समन्वय समिति बाराले आज ११ औं जिल्ला समन्वय बैठक आज सम्पन्न भएको छ । कलैया उपमहनगरपालिकाले आयोजना गरेको ११औं समन्वय बैठकको उद्घटकान जिल्ला समन्वय समिति बाराका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी नवल किशोर सिंहले गर्नु भएको थियो । कार्यक्रममा बारा जिल्लाका १६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सबै स्थानीय निकायसंग समन्वय गरेर अगाडि बढ्ने प्रतबद्धता जनाउनु भएको थियो । वहाँले यस जिल्लाका अधिकांश स्थानीय तहमा सामाजिक अपराधका घटनाहरु दिनप्रति दिन बढदै गएकोले यसलाई रोकथाम गर्न प्रशासनले मात्र गर्न सक्ने नहुदा यसमा स्थानीय सरकारपनि मिलेर काम गर्न आग्रह गर्नुभयो भएको थियो । वहाले यस जिल्लामा तस्करी, मुआब्जा, कलकारखाना, लागु औषध, लगाएतका विकृतिहरूलाई सबैसंग मिलेर काम गर्ने बताउनु भएको थियो ।
यस्तै बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले प्रहरीले गर्नुपर्ने शान्ति सुरक्षा, अपराध निन्त्रण लगाएतका काममा निरन्तर खटिरहेका र सबै स्थानीय निकायसंग समन्वय गरेर अगाडि बढ्ने प्रतबद्धता जाहेर गर्नु भएको थियो । यस्तै प्रसौनी गाउँपालिका प्रमुख भोला प्रसाद गुप्ताले आजको बैठकमा स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई समय समयमा तालिमको व्यवस्था गरी स्थानीय निकायको कामलाई सरल तरिकाले गर्नमा सहयोग गरिदिन अनुरोध गर्नु भएको थियो । कार्यक्रम महिला सञ्जालको तर्फबाट लक्ष्मी रायले आहिले समाजमा जबर्जस्ती करणी, किशोरीहरुको अपहरणका घटनाहरु दिनप्रति दिन बढदै गइरहेको, वालिकाको अपहरण, लगाएतको समस्याहरूलाई समाधान गरी महिलाहरुको लागि छुटै तालिमको व्यवस्था गराइदिन अनुरोध गर्नु भएको थियो ।
यस्तै विद्युत प्राधिकरणका प्रमुखले विद्युत चुहावटको समस्यालाई रोकथाम गर्नमा स्थानीय निकायसंग अनुरोध गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितका अध्यक्षले बैठकमा आएको सबै सलाह, सुझावहरुलाई समन्वयगरी अगाडि बढ्ने प्रतवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, जिल्ला समन्वय समितिका चन्देश्वर प्रसाद, सुवर्ण गाउँपालिका प्रमुख महेन्द्र प्रसाद यादव, करैयमाई गाउँपालिका प्रमुख भुनेशवर धामी, उप प्रमुख चित्ररेखा चौधरी, जीतपुर सिमरा उपमहानगरपालिका उपप्रमुख सरस्वती चौधरी, प्रसौनी गाउँपालिका उपप्रमुख गीता साह, लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन कलैया उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख रामजी मण्डलले गर्नु भएको थियो ।