रौशन कुमार चौधरी । रौतहट । चैत्र ०५ गते ।
रौतहट जिल्लाको वृन्दावनमा नेपाल शिक्षक संघको बैठक सम्पन्न भएको छ । सो नगरपालिकाको वडा ८ नमूना मावि बरगजवामा बैठक बसेको थियो । बैठकबाट संघको स्थानिय प्रतिनिधी सभा र जिल्ला प्रतिनिधीसभा चैत्र ०९ गते भित्र सम्पन्न गर्ने निर्णय गरिएको हो । त्यस्तै प्रदेश २ को दोस्रो र तेस्रो प्रतिनिधीसभा सभ्य र भव्य रुपमा सफल पार्नको लागि रौतहट नेपाल शिक्षक संघका पदाधिकारीहरु रहने गरि उप समिति गठन गरेको हो । नेपाल सरकारबाट बालविकास र विधालय कर्मचारीहरुको तलब नबढाएकोमा रौतहट जिल्ला शिक्षक संघको पहलमा चन्द्रपुर नगरपालिका र वृन्दावन नगरपालिकामा तलब बढाइएको र अरु नगरपालिकामा बढाउनको लागि पहल गर्ने निर्णय गरिएको छ । बैठकमा रौतहट जिल्ला शिक्षक संघका जिल्ला अध्यक्ष रामकृपाल यादव , प्रदेश २ उपाध्यक्ष राममंगल यादव , रौतहट जिल्ला शिक्षक संघ भूपुअध्यक्ष सुदामा राय यादव ,वृन्दावन नपा नगर संयोजक मुकेश यादव ,गढिमाइ नपा संयोजक नागेन्द्र यादव , नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष बलिराम गिरी , सचिन्द्र यादव , मुक्ति कुश्वाहा सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।