आरके श्रीवास्तव । रौतहट । चैत २० गते
सदस्यता दिनुपर्ने माग गर्दै रौतहटका क्रियाशील पत्रकारहरुले शुक्रवार पनि धर्ना जारी राखेका छन् ।
सदस्यता वितरणमा नेपाल पत्रकार महासँघ रौतहट शाखाले विभेद गरेको भन्दै आन्दोलनरत रौतहटका त्रियाशील पत्रकारहरुले विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको अगाडि महासंघको विरुद्ध शान्तिपुर्ण धर्नामा बसिरहेका त्रियाशील पत्रकारहरुले शुक्रवार विरोध जनाएका हुन ।
नेपाल पत्रकार महासंघ रौतहटले जिल्लाका क्रियाशील पत्रकारहरुलाई सदस्यता दिनबाट बञ्चित गरेको भन्दै क्रियाशील पत्रकारहरुले दोस्रो चरणको आन्दोलन अन्तर्गत विगत केहिदिन देखी निरन्तर धर्नामा बसिरहेका छन ।
आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी नै रहने क्रियाशील पत्रकारहरुले बताएका छन् ।
आउँदो चैत्र २२ गतेसम्म महासंघले आफुहरुको माग पुरा गर्न कुनै ठोस कुरा वा जवाफ नदिए ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी क्रियाशील पत्रकारहरुले दिएका छन ।