चैत्र २७ गते ।
नमस्कार स्वागत छ यहाँ लाई हाम्रो यो वर्तमान काल दैनिक पत्रिका को नयाँ संवाद मा ।
धन्यवाद ।
प्रश्न नम्बर -१ सर्वप्रथम तपाई आफ्नो छोटो परिचय दिनु होस् ।
– मेरो नाम मणिशंकर निधि हो। म राजपुर नगरपालिकामा अवस्थित श्री सरस्वति सदन आधारभूत विद्यालय राजपुर -७ का प्रधानाध्यापकको रुपमा कार्यरत् छु । र म नेपाल शिक्षक महासंघका राष्ट्रिय महासमिति सदस्य पनि छु ।
प्रश्न नम्बर -२ तपाइँ कम्युनिष्ट पार्टीलाई नै किन मन पराउनु भयो ?
-मैले सोसन ,गरीबी ,अन्याय अत्याचार विरूद लड्नका निम्ति यो पार्टीमा लागेको हो । नेपाली जनता हाम्रो धेरै गरीब छ। महिलाको आवाज , दलितको आवाज, जनजातिको आवाज कहिँ न कहिँ दवाई रहेको देखेर वहाहरुको अवाज माथि उठाउन मैले खास गरि यो पार्टीमा लागेको छु।
प्रश्न नम्बर -३ तपाई जुन सोचले कम्युनिष्ट पार्टीमा लग्नु भयो ,२०४६ सालको आन्दोलनमा पनि आग्रता देखाउनु भयो ,तपाई त्यसपछि शिक्षक पेशामा लाग्नु भो कम्युनिष्ट पार्टीमा जुन सोचले लाग्नु भो त्यो साच्चिकै कम्युनिष्ट पार्टीले पूरा गरेको छ त् ?
– मैले एउटा सटिक कुरा भन्न चाहन्छु कि अब सबै कुरा त गर्न सकेका छैन , आम रूपमा भन्नु पर्दा नेपाल मा जे जति पार्टी क्रियाशील छन् त्यस मा अब्बल पार्टीको रुपमा कम्युनिष्ट पार्टी रहेको मेरो ठम्याई छ ।
प्रश्न नम्बर -४ तपाई अब्बल पार्टीको रुपमा छ भन्नु हुन्छ जनताले दुई तिहाई बहुमत दियो तर बहुमतको कदर भएन नि ।
-अब यसका पनि पाट्टा छन् ,निश्चित रुप मा यो दुखद पक्ष हो ,त्यसरी हुने हुदैनथ्यो ,,तर केहि नेता हरु को महत्वाकांक्षा जनता ले कसलाई मत दियो कसको आह्वानमा दियो ,बामपन्थी एकताको नेतृत्व कसले गर्यो सबैलाई थाहा छ सम्माननीय प्रधान मन्त्रि के पी शर्मा ओलीको नेतृत्व मा नै कम्युनिष्ट एकताको घोषणा भयो । वहाँले नै माओवादीलाई पनि समेटेर नत्र माओवादीको आवस्थाके थियो स्थानीय चुनावमा सबै नेपाली जनताले हेरी सकेको ,रिजल्टले देखाई सकेको र वहाँहरुले कांग्रेससंग गरेको सहकार्यले दिएको परिणामले पनि कुन तहमा पुर्याई सकेको थियो र यो सायद बाम एकता नभएको भए प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वहाँहरुको पार्टी कहाँ जान्थ्यो त्यो त अब एउटा बेग्लै कुरा भो।
प्रश्न नम्बर -५ तपाई अब केन्द्रिय स्तरको नेता हुनुभयो यसकै नाताले म सोध्न चाहन्छु कि ,तपाईको सहमति आलो पालोको सहमति भएको थियो ,वहाँले चाही के पी ओलीले एकलौटी रुपमा हिड्न खोज्नु भयो अनि कम्युनिष्ट पार्टीको अहिले यस्तो अवस्था आयो तपाई यसमा कसलाई दोषी भन्नुहुन्छ ?
– एउटा सत्य कुरा भन्न चाहन्छु आल्लो पालोको सहमति भएकै थियो म यसलाई इन्कार नाई भन्न चाहदैन ।
प्रश्न नम्बर-६ अहिले पनि तपाईको केहि पालिकाहरुमा भन्नु पर्दा झोले विद्यालयहरु छन् ?
– अब यो के छ भने हिजो चाही जिल्ला शिक्षा कार्यालय थियो अब चाही केन्द्रिय सरकारको मातहत थियो यति खेर १८ ओट्टा स्थानीय सरकार छन् र एउटा जिल्ला समन्वय समिति छन् । ति नगरपालिकाहरुको प्रमुख जवादेही नगरपालिकाको प्रमुखहरु हुन् । आजकल झोले विद्यालयलाई मिलाएर पैसा दिने भए न भएको दरवन्दीलाई मिलाऊने चलखेल भईरहेको पाईएको छ ।
प्रश्न नम्बर -७ अन्त्यमा तपाई केहि दुई शव्द राख्न चाहनुहुन्छ ?
– अन्त्यमा म के भन्न चाहन्छु भने अहिलेको जटिल परिस्थितिमा १ मिटर दुरी कायम गरि आफ्नो अमुल्य जीवन प्रति मनन गरि होसियारी गरि भिडभाडमा जानु हुन् भन्न चाहन्छु ,र अहिले राजनीतिमा देखिएका केहि बिकृतिहरुको सबैमा सुधार गर्न आग्रह पनि गर्न चाहन्छु ,यसका साथ साथै २०७८ सालको शुभ उपलक्ष्यमा म आफ्नो तर्फबाट सम्पूर्ण शुभ चिन्तक लगायत तपाईको यो वर्तमानकाल दैनिक पत्रिकाको होल टिमलाई धेरै धेरै धन्यवाद का साथ् शुभ कामना पनि दिन चाहन्छु ।
हवस्त धन्यवाद तपाईलाई , आफ्नो बहुमुल्य समय दिनुभएको मा । र तपाईलाई आउदो नयाँ वर्षको उपलक्ष्यमा धेरै धेरै शुभकामना छ हाम्रो यो होल टिमको तर्फबाट । धन्यवाद ।
धन्यवाद ।