उपेन्द्र गोले । रौतहट २० बैशाख ।
कोरोनाको संक्रमण बढिरहेको बेला चन्द्रपुरमा रहेको मालपोत र नापी कार्यालयका कर्मचारी भने कार्यालय खोलेर सेबाग्रहीसंग अतिरिक्त रकम उठाउदै आएका छन । नगरपालिकाको कार्यालय बन्द रहेको अबस्थामा घर बाटो प्रमाणित बिनानै मालपोत कार्यालयका कर्मचारीले घुस रकम लिएर जग्गा पास गर्दै आएको खुल्न आएको छ । ती दुबै कार्यालयको कारण कोरोनाको संक्रमण फैलने खतरा रहेको छ । उता मालपोत तथा नापी कार्यालयका कर्मचारीले कोरोना संक्रमणको मौका छोपी लुटतन्त्र मच्चाएको सेवाग्राहीहरुले बताएका छन । कोरोना संक्रमण बढ्दै गएकाले चन्द्रपुर नगरपालिकासहित १० वटै वडा कार्यालयहरु बन्द रहेको मौका छोपी वडा कार्यालयहरुले दिनु पर्ने घरबाटो प्रमाणित लगायतका सिफारिस विनानै नासु शिवध्यान राय यादवले सेवाग्रहीहरुसँग घुस लिदै जग्गा पास गराउदै आएको नाम नबताउने शर्तमा एक सेवाग्राहीले बताए । नासु यादवले २ करोड थैली राखेको जमिनमा घरबाटो प्रमाणित नगरि ४० हजार घुस लिएर जग्गा नामसारी गरेको स्रोतको दावी रहेको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा कोरोना संक्रमण बढ्दै जान थालेपछि चन्द्रपुरका ब्यापार ब्यावसायी तथा नगर कार्यपालिकासहित वडा कार्यालयहरु बन्द गरिसकेका छन । सेवाग्राहीहरुको भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सेवा बन्द गर्ने क्रम त्रढ्दै गएतापनि चन्द्रनिगाहपुरमा रहेको मालपोत तथा नापी कार्यालयमा भने यही मौका छोपी लुटतन्त्र मच्चाएको स्रोतको आरोप रहेको छ । सरकारले भिडभाड हुने क्षेत्र बन्द गर्न आग्रह गरेको भएतापनि मालपोत कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरुले कार्यालय सञ्चालन गर्दै सिफारिस विनानै घुस लिदै सेवा दिने गरेको उनीहरुले आरोप लगाएका छन । अहिले मालपोत र नापी कार्यालयमा सेबाग्रही सहित नागरिकको भिडभाड हुने गरेको छ । घुस लिन पाइने भएका कारण कोरोना जस्तो विश्वलाई नै तर्सारहेको रोगको प्रवाह नै नगरि सेवा दिने नाममा यादवले लुट्दै आएको स्रोतले दावी गरेको छ ।